धनुषामा लागूऔषध सहित फार्मेसी सञ्चालक पक्राउ

जनकपुर,१८ चैत । धनुषा प्रहरीले भारी मात्रामा लागूऔषध सहित फार्मेसी सञ्चालकलाई पक्राउ गरेको छ । धनुषाको ढल्केबरमा एक औषधि पसलबाट ठूलो परिमाणमा लागूऔषध सहित औषधि पसलका सञ्चालकलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ढल्केबरस्थित निको फार्मेसीका सञ्चालक धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरका ५० वर्षिय रामकुमार महतो रहेको इलाका प्रहरी कार्यालय ढल्केबर, धनुषाले जनाएको छ । महतोले सञ्चालन गर्दै आएको फार्मेसीबाट टापेन्टा ट्याब्लेट ४६० पत्ताा, स्पासरेस्ट ९५ पत्ता र डोवेल ६० पत्तासहित नगद १ लाख ३५ हजार रुपैयाँ बरामद गरिएको छ ।

मिथिला नगरपालिका–१० रातोपुलस्थित लालगढबाट बर्दिवासतर्फ पैदल जाँदै गरेका तीन जना संकास्पद युवालाई जाँच गर्दा उनीहरूको साथबाट टापेन्टा लागूऔषध फेला परेको थियो । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौलीका २० वर्षीय साजन परियार, २१ वर्षीय दोर्जे लामा र २० वर्षीय दीपेश साह रहेका छन् ।

उक्त घटनामा थप अनुसन्धान गर्दै जाँदा लागूऔषध कारोबारमा निको फार्मेसीको संलग्नता खुलेपछि प्रहरीले छापा हानेर लागूऔषधसहित सञ्चालक महतोलाई पक्राउ गर्न सफल भएको हो । धनुषा प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने