नेकपा एमाले संसदीय दल नेतामा बादल र नेम्वाङ को दाबी

काठमाडौँ,१८ चैत । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गर्नु भएको छ। ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बसेको दलको बैठकमा बादललाई सर्वसम्मत रूपमा दलको नेता चयनका लागि छलफल भइरहेको एक सांसदले जानकारी दिनु भएको छ । सहमति नभएको निर्वाचन प्रक्रियाबाट टुङ्गो लगाउने ती सांसदले बताउनु भयो ।

‘दलको नेतामा रामबहादुर थापालाई प्रस्ताव गरिएको हो । तर सुहाङजीले जेनजी आन्दोलनको भावना, संसदमा युवाहरूको बाहुल्यता रहेको अवस्थामा आफूलाई दलको नेता बनाएमा राम्रो सन्देश जाने बताउनुभएको छ । सकेसम्म सर्वसम्मत रूपमा दलको नेता चयन हुने छ । सहमति नभए निर्वाचन प्रक्रियाबाट टुंग्याइन्छ’, एक सांसदले भन्नु भयो।
ती सांसदका अनुसार अहिले सर्वसम्मत रूपमा नेता चयन गर्न छलफलमै रहनु भएको छ । फागुन २१ मा भएको निर्वाचनमा एमालेले २५ सिट जित हासील गरकोे थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा