कोशी प्रदेशमा कस्तो छ,एसइई परीक्षाको व्यवस्थापन ?

विराटनगर,१९ चैत । आज बिहीबारबाट देशभर सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) कोशी प्रदेशमा पनि बिहान ८ बजेबाट सुरु भएको छ । २०८२ सालको एसइईलाई मर्यादित, सुरक्षित र निष्पक्ष रूपमा सञ्चालन गर्न जनशक्ति परिचालन गरिएको शिक्षा विकास निर्देशनालय धनकुटाले बताएको छ ।

 

निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोखरेलले टेलिफोन संवादमा भन्नु भयो,‘परीक्षा केन्द्र व्यवस्थापनदेखि सुरक्षा, अनुगमन तथा विद्यार्थी सहजी करणसम्मका सबै पक्षमा स्पष्ट कार्य योजना लागू गरिएको छ । आवश्यक परे परीक्षा केन्द्रमै नर्स खटाउने तथा नजिकका स्वास्थ्य संस्थासँग समन्वय गर्ने व्यवस्था मिलाइएको छ ।’

 

परीक्षार्थीलाई सहज बनाउन केन्द्र नजिकै बसोबासको व्यवस्था गर्न स्थानीय तहलाई आग्रह गरिएको छ । परीक्षा दिन विद्यार्थी अनिवार्य रूपमा विद्यालय पोशाकमा उपस्थित हुनुपर्नेछ भने खुला समूहका परीक्षार्थीले फोटोसहितको परिचयपत्र ल्याउनुपर्ने व्यवस्था गरिएको छ । परीक्षा अवधिभर मोबाइल फोन, स्मार्ट वाच लगायतका इलेक्ट्रोनिक उपकरण पूर्ण रूपमा निषेध गरिएको छ । सिसिटिभी जडान भएका विद्यालयलाई प्राथमिकता दिँदै अनुगमनलाई प्रभावकारी बनाइएको छ । साथै, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा नियमित अनुगमन गरिनेछ ।

उत्तर पुस्तिका सुरक्षा र ढुवानीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ भने परीक्षा अघि कर्मचारी र सुरक्षाकर्मीलाई अभिमुखीकरण पनि गरिएको छ । केन्द्रहरूमा प्राथमिक उपचार सामग्री, शौचालय व्यवस्थापन तथा आवश्यक स्थानमा मनोसामाजिक परामर्श सेवासमेत उपलब्ध गराइएको छ ।
यस वर्ष कोशी प्रदेशभर ३३२ परीक्षा केन्द्रमार्फत ८० हजार ९ सय १० जना परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षा सञ्चालनका लागि ३ हजार ३२ केन्द्राध्यक्ष, ५४६ सहायक केन्द्राध्यक्ष, ४ हजार ६३ निरीक्षक, ८१३ परीक्षा सहायक, १ हजार ६१५ सहयोगी कर्मचारी र ४ हजार ९८० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने