काठमाडौँ,१९ चैत । नेकपा (एमाले) सम्बद्ध युवाहरूले पार्टी कार्यालय च्यासलमा धर्ना दिएका छन् । हिजो महासचिव शंकर पोखरेलको पुतला जलाउने समूहका युवाहरूले पार्टी कार्यालयमा धर्ना तथा विरोध प्रदर्शन गरेका छन्।
बदलिँदो परिस्थिति अनुकूल एमाले हिँड्न नसकेको र पार्टी नेतृत्वले संसदीय दलको नेता चयनका क्रममा त्रुटि गरेको भन्दै त्यस्ता निर्णय सच्याएर पार्टीमा युवालाई अघि बढाउने पर्ने माग उनीहरूको राखेका छ ।









