दलित समुदायमाथि भएको ऐतिहासिक अन्यायप्रति सरकारको तर्फबाट सार्वजनिक रूपमा माफी

काठमाडौं,१९ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायमाथि भएको ऐतिहासिक अन्यायप्रति सरकारको तर्फबाट सार्वजनिक रूपमा माफी माग्नु भएको छ। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले आफ्ना मित्र खगेन्द्र सुनार निर्वाचित भएर सदनमा आएको प्रसंग उठाउँदै चुनावी दौडका क्रममा आएका विवादबारे उल्लेख गर्नु भएको छ ।

उहाँले भन्नु भयो, ‘मेरा मित्र खगेन्द्र सुनार निर्वाचित भएर यहाँ आउनु भएको छ । चुनावी दौडमा रहँदा उहाँका विषयमा विवाद आयो । थाहा छैन, उहाँले गल्ती गर्नुभयो या भएन । तर उहाँले माफी माग्नुभयो । उहाँले गल्ती गर्नुभयो कि गर्नुभएन भन्ने अन्योलबीच पनि उहाँले छिट्टै माफी माग्नुभयो ।’

लामिछानेले त्यसलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै सिङ्गो देशलाई सम्बोधन गर्दै भन्नु भयो, ‘खगेन्द्र सुनारहरु माथि युगौंयुगसम्म गरेको अन्यायको लागि हामीले माफी माग्यौं ।’ उहाँले सदनबाट पहिलोपटक सामूहिक रूपमा ऐतिहासिक विभेदप्रति क्षमायाचना गरिएको दाबी गर्नु भयो। उहाँले भयो, ‘यो केवल सामाजिक गल्ती थिएन, संगठित अपराध थियो ।’

उहाँका अनुसार शताब्दीयौँदेखि सीप भएका समुदायलाई अछूत ठान्ने प्रवृत्तिले देशको विकासमा अवरोध सिर्जना गरेको थियो । उहाँले अब जातका आधारमा कसैले पनि झुक्न नपर्ने उल्लेख गर्दै सरकारको तर्फबाट पुनः माफी माग्नु भएको छ ।

‘यो देश किन बनेन थाहा छ । किनकी जसका हातमा सिप थियो तिनलाई हामीले अछुत मान्यौं । अब कुनैपनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन । म सिङ्गो पार्टी, सम्माननीय प्रधानमन्त्रीज्यू र सरकारको तर्फबाट माफी माग्छु ।’

उहाँले माफीको मूल्य न्यायले निर्धारण गर्ने पनि बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने