“कसले जित्यो–हार्यो होइन, जितेको नेपाली जनताले हो” :वर्षमान पुन

काठमाडौं,१९ चैत । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान राजनीतिक परिवर्तनलाई लोकतन्त्रको उपलब्धिका रूपमा व्याख्या गर्नू भएको छ् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भनाइ स्मरण गर्दै नयाँ राजनीतिक शक्तिहरूको उदय पुराना दलहरूका लागि केवल चुनौती मात्र नभई लोकतान्त्रिक गणतन्त्रको सुन्दर फूलहरू रहेको बताउनु भएको छ् ।

पुनका अनुसार २०८९ सालको निर्वाचनताका बालेन्द्र शाह, हर्क साङपाङ र रवि लामिछाने जस्ता नयाँ अनुहारहरूको उदयले नेपाली राजनीतिमा नयाँ ऊर्जा थपेको थियो ।

उहाँ भन्नु हुन्छ, ‘हाम्रा जनयुद्धका कमाण्डर तथा शान्ति सम्झौता र जनआन्दोलनका नेतृत्वकर्ता कमरेड प्रचण्डले २०८९ सालको निर्वाचन जतिखेर स्वतन्त्र तर्फबाट वर्तमान सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह जित्दै हुनुहुन्थो । जतिखेर हर्क साङपाङ धरानतिर जित्दै हुनुहुन्यो, जतिखेर माननीय रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी बनाएर नयाँ अभियान चलाउँदै हुनुहुन्यो । त्यतिखेर उहाँले भन्नु भएको थियो । यो पुराना दलहरुलाई एउटा च्यालेन्ज आयो भन्दा होइन पुराना दलहरुलाई च्यालेन्ज मात्र होइन, लोकतान्त्रिक, गणतान्त्रिक फुलबारीका सुन्दर फुलहरु हो ।’
उहाँले थप भन्नु भयो, ‘आज हामी विभिन्न दल र पृष्ठभूमिबाट आएका भए पनि लोकतान्त्रिक फुलबारीका सुन्दर फूलका रूपमा एउटै स्थानमा उभिएका छौं।’

उहाँले जनयुद्धकाल र त्यसपछिको शान्ति प्रक्रियाको स्मरण गर्दै संसदमा महिला प्रतिनिधित्वमा आएको वृद्धि उल्लेख गर्नु भयो। ‘पहिले मुश्किलले ७ जना महिला सांसद हुन्थे, आज करिब ३४–३५ प्रतिशत महिला प्रतिनिधित्व छ,’ भन्नु भयो ।

पुनले राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर लोकतान्त्रिक उपलब्धिलाई साझा जीतका रूपमा लिनुपर्ने धारणा राख्दै भन्नु भयो, ‘कसले जित्यो वा हार्यो भन्ने भन्दा पनि नेपाली जनताले जितेका छन्।’

उहाँले विभिन्न राजनीतिक आन्दोलन र नीतिगत प्रयोगबाट देशमा लोकतान्त्रिक, संघीय, समावेशी र सामाजिक न्यायमा आधारित व्यवस्था स्थापित भएको उल्लेख गर्दै अहिलेको संसदलाई ‘रंगिन संसद’ का रूपमा व्याख्या गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

७३५ वटा शव फेला,२५ प्रहरी सम्पर्कविहीन, उद्धारमा ७ हजार बढी प्रहरी

काठमाडौं,१४ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका

चीनबाट राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा अवतरण

काठमाडौं , भदौ १४ । भोटेकोशी बाढीका कारण चपेटामा परेको नेपाललाई चीन सरकारले राहत सामग्री उपलब्ध गराएको छ । ५० टन आपत्कालीन राहत सामग्री लिएर आइतबार

भोटेकोसी बाढीपीडित विद्यार्थी र विद्यालयलाई Grace International Group को २५ लाख सहयोग

काठमाडौं,१४ भदौ । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित विद्यार्थी तथा विद्यालयका लागि Grace International Group ले २५ लाख रुपैयाँ सहयोग गरेको छ।बाढीका कारण रसुवालगायत विभिन्न जिल्लामा

बाढी–पहिरोको विपत्तिमा नेपाली एकजुट बनौँ, पीडितको साथमा उभिऔँ

काठमाडौं,१४ भदौ । नेपाल अहिले कठिन समयबाट गुज्रि रहेको छ । बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पु¥याएको छ ।

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको