सदनलले समयको महत्व बुझोस : हर्क साम्पाङ

काठमाडौं, १९ चैत । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद हर्क साम्पाङले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सदन र सरकारमा समय व्यवस्थापन र जनताका मागप्रति गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन् । साम्पाङले आफूले आफैंलाई परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै समयको मूल्य बुझ्नुपर्ने बताउनु भएको छ ।

उहाँल भन्नु भयो ‘सबैभन्दा पहिले आफूले आफैंलाई परिवर्तन गर्नुपर्छ । अघिल्लो सपथ ग्रहणको दिन पनि १२ मिनेट ४६ सेकेण्ड ढिलो थियौं भने आज १६ मिनेट ५५ सेकेण्ड हामी ढिलो भएका छौं । जनताले हामीलाई यसरी ढिलो गर भनेर पठाएको हो जस्तो लागेन । त्यसैले प्रत्येक मिनेटको महत्व यो सदनले बुझोस्, सरकारले बुझोस्, हामी सबैले बुझौं । नेपाली हो, नेपाली समय २ बजेको बैठक ३ बजे जाँदा पनि हुन्छ, जे गर्दा नि हुन्छ भनेर भाष्य मनमा लिएर बसेका छौं, त्यो नै उन्नति गर्न नसक्नुको मुख्य कारण हो।’

साथै उहाँले एमसीसी खारेज गर्न माग गरेका छन् । उहाँले सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी अमेरिकी सहायता परियोजना एमसीसी खारेजी गर्नुपर्ने बताउनु भएको छ ।

उहाँले भन्नु भयो ‘म आफनो मन्तव्य राख्नुभन्दा पनि सरकारले कसो गर्नुपर्ने हो । म जनताको मागहरु जनताले चाहेका कुराहरु के कस्ता छन् भन्ने कुरा बुँदागत रुपमा बाचन गर्न चाहन्छु । पृथ्वी रहिरहुन्जेलसम्म यो देश रहनुपर्छ । हाम्रो देशको अंकित झण्डा रहिरहनुपर्छ । यो मान्यता राख्दर्छौं । देशको स्वाधिनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ भनेर माग गर्दछु ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा प्रणालीमा ‘हाम्रो मान्छे’ भन्ने मानसिकता हटाउनुपर्छः गगन थापा

काठमाडौं,१९ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीका समस्या काठमाडौं र दुर्गम जिल्लामा फरक–फरक रहेको भन्दै नीति निर्माण गर्दा स्थानीय आवश्यकता र

हेटौँडामा हतियार प्रहार गरी घाइते बनाउने अभियुक्त पक्राउ

मकवानपुर,१९ असार । हेटौँडामा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ

प्रस्तावित चर्को ट्राफिक जरिवानाविरुद्ध अन्तर्राष्ट्रिय मञ्चमा आवाज

काठमाडौं,१९ असार । नेपाल सरकारले ट्राफिक नियम कठोर बनाउने तयारीविरुद्ध विश्वस्तरमा आवाज उठेको छ । इन्टरनेशनल ट्रान्र्सपोर्ट वर्कस फेडेरेशन, लण्डनको विश्व सडक यातायात स्टेरिङ समितिको

विद्युत् सर्ट हुँदा झापामा एउटा घर पूर्ण रूपमा जलेर नष्ट, कति भयो क्षति ?

दमक,१९ असार । झापाको मेचीनगर नगरपालिका–१४, दुवागढीमा विद्युत् सर्टका कारण आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार

मन्त्री केन्द्रित बजेटप्रति सत्ता पक्षकै सांसद असन्तुष्ट

विराटनगर,१९ असार । असार १ गते प्रदेशसभामा प्रस्तुत बजेटबारे प्रतिक्रिया माग्दा प्रदेशसभा कांग्रेस सांसद रामकुमार खत्रीको भनाइ थियो, ‘सरकारमा आफ्नै दल सहभागी भए पनि मुटुमाथि

साम्पाङद्वारा दार्चुलामा ८५ दिनमै बनेको झोलुङ्गे पुल उद्घाटन

काठमाडौं,१९ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किनु भएको छ ।