मेरो भूमिका पक्ष–विपक्षभन्दा माथि उठेर निष्पक्ष हुने छ।’ : महाविर पुन

काठमाडौं,१९ चैत । पूर्वमन्त्री एवं स्वतन्त्र सांसद महाविर पुनले चार महिनासम्म मन्त्रीका रूपमा काम गर्दा शिक्षा क्षेत्रमा चरम राजनीतिकरण र विभिन्न विकृतिहरू देखेको बताउनु भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले शिक्षा क्षेत्रको समस्यालाई समाधान गर्न विद्यालय, कलेज र विश्वविद्यालयमा शुद्ध शैक्षिक वातावरण बनाउन आफूले पहल गरेको बताउनु भएको छ् ।

उहाँले भन्नु भयो, ‘चार महिनासम्म मन्त्री भए र मन्त्रीको रुपमा काम गर्दा अनेकौं समस्याहरु चरम राजनीतिककरण र विकृतिहरु देखे । ति विकृतिहरुलाई हटाएर विद्यालय, कलेज र विश्व विद्यालयहरुमा विशुद्ध शैक्षिक वातावरण बनाउन प्रयास गरेको थिए ।’

यसक्रममा उहाँले ३ वटा विधेयकका मस्यौदा तयार गरी अध्यादेशमार्फत ल्याउने र ४ वटा नियमावली लागू गर्ने प्रयास गरेको बताउनु भयो । तर त्यतिबेला कामचलाउ सरकार भएकाले ती प्रयास सफल हुन नसकेको उहाँले बताउनु भयो ।
‘माघ ६ गते उम्मेदवारी दर्ता गर्नु ४० घण्टा अघिसम्म पनि ती अध्यादेश र नियमावली ल्याउन मैले सक्दो प्रयास गरें, तर विधायन समितिबाट काम अगाडि बढेन,’ उहाँले भन्नु भयो।

उहाँले तत्कालीन मन्त्रिपरिषद्ले ती प्रस्तावहरू अनुमोदन गरेर विधायन समितिमा पठाइसकेको भए पनि प्रक्रिया अघि नबढ्दा आफूले सोचेअनुसार सुधार गर्न नसकेको गुनासो गर्नु भयो।

उहाँले आफूलाई राजनीतिज्ञभन्दा समाजसेवीका रूपमा प्रस्तुत गर्नु भएको छ। उहाँले भन्नु भयो, ‘म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ र समाजसेवी नै रहनेछु। सदनमा मेरो भूमिका पक्ष–विपक्षभन्दा माथि उठेर निष्पक्ष हुनेछ।’

पुनले आफूले प्रतिनिधिसभा चुनाव लड्ने सोचसमेत नरहेको बताउँदै २०८२ भदौ २३–२४ को ‘जेनजी आन्दोलन’ पछि युवाहरूको आग्रहमा राजनीतिमा आएको उल्लेख गर्नु भएको छ। ‘त्यतिबेला म ताप्लेजुङका गाउँ–गाउँमा किताब बेचिरहेको थिएँ, तर जेनजी भाइबहिनीहरूले मलाई शिक्षा तथा विज्ञान मन्त्री बनाइदिए,’ उहाँले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

७३५ वटा शव फेला,२५ प्रहरी सम्पर्कविहीन, उद्धारमा ७ हजार बढी प्रहरी

काठमाडौं,१४ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका

चीनबाट राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा अवतरण

काठमाडौं , भदौ १४ । भोटेकोशी बाढीका कारण चपेटामा परेको नेपाललाई चीन सरकारले राहत सामग्री उपलब्ध गराएको छ । ५० टन आपत्कालीन राहत सामग्री लिएर आइतबार

भोटेकोसी बाढीपीडित विद्यार्थी र विद्यालयलाई Grace International Group को २५ लाख सहयोग

काठमाडौं,१४ भदौ । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित विद्यार्थी तथा विद्यालयका लागि Grace International Group ले २५ लाख रुपैयाँ सहयोग गरेको छ।बाढीका कारण रसुवालगायत विभिन्न जिल्लामा

बाढी–पहिरोको विपत्तिमा नेपाली एकजुट बनौँ, पीडितको साथमा उभिऔँ

काठमाडौं,१४ भदौ । नेपाल अहिले कठिन समयबाट गुज्रि रहेको छ । बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पु¥याएको छ ।

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको