कोशी सरकारले गर्यो लगानीका लागि बैंकसँग सम्झौता

विराटनगर,१९ चैत। कोशी प्रदेश सरकारले आर्थिक विकासका लागि नवप्रवर्धन परियोजना र उद्यमशीलताको प्रवद्र्धनको लागि उदय परियोजना मार्फत विभिन्न बैंकबाट करिब ८ अरब रुपैयाँ ऋण लगानी गर्ने तयारी गरेको छ। स्विस सरकारको सहयोगमा कोशी प्रदेशमा उदय परियोजना मार्फत नयाँ साना तथा मझौला उद्यम गर्न चाहनेलाई लगानी गर्न लागिएको हो। यो लगानीका लागि ग्लोबल आइएमइ बैंक र राष्ट्रिय वाणिज्य बैंक सँग आज इटहरीमा एक सम्झौता गरिएको छ।

 

प्रादेशिक साना तथा मझेला उद्यमी कर्जा सुरक्षण कोषमा आबद्ध हुनका लागि निक्षेप तथा कर्जा सुरक्षण कोष र साझेदार बैंकहरु बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो। यो सम्झौतापछि स्विस सरकारले ३० करोड र प्रदेश सरकारले ३० करोड गरेर ६० करोडको ग्यारेन्टी फण्ड राखिनेछ। त्यस्तै च्यालेन्जिङ फण्ड पनि राखिने सम्झौतामा उल्लेख छ। यो योजना लागु भएपछि कुनै पनि नयाँ उद्यम गर्न चाहने व्यक्तिले यी बैंकबाट ३० लाखदेखि ३ करोड सम्म ऋण पाउनेछन्। यो प्रक्रियाबाट जाने ऋणमा बैंकले आवश्यक ठानेमा धितो नलिकन पनि ऋण प्रवाह गर्नेछ।

यो कार्यक्रमको मुख्य उद्देश्य नै यही रहेको कोशी प्रदेश को आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ। कतिपय अवस्थामा यो परियोजना मार्फत आएका व्यक्तिले यदि आफ्नो धितो बैंकले चाहेको भन्दा ० प्रतिशत मात्रै पु¥यायो तर उसको परियोजना राम्रो लाग्यो भने सरकारको जग सरकारको ग्यारेन्टीमा लगानी गर्न सक्ने समेत यसको मुख्य विशेषता रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख रमेश घिमिरेले जानकारी दिनुभयो।

यो परियोजना मार्फत आउने उद्यमीलाई परियोजनाका लागि आवश्यक सहजीकरण र ऋण लिनका लागि परियोजनाले सहयोग गर्नेछ। यो परियोजना अन्तर्गत करिब ८ अरब रुपैयाँ कोशी प्रदेशको साना तथा मझौला उद्योग स्थापना का लागि ऋण प्रवाह हुने र यसले कोशी प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास सरकारले गरेको छ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री राष्ट्रिय पुँजीको विकास गर्दै यसले यसले देशको कुल ग्राहस्थ उत्पादनमा समेत महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। कोशी प्रदेश सरकारको अथक मेहनत र प्रयासपछि सुरु हुन लागेको यो परियोजनाबाट लाभ लिन नव युवाहरूलाई मुख्यमन्त्री कार्कीले आग्रह समेत गर्नुभयो।

पालिका र वडामा नयाँ नयाँ रिसर्च गरेर त्यसको सम्भाव्यता अध्ययन गरी नयाँ क्षेत्रमा लगानी गर्ने उद्यमीलाई पनि यो परियोजनाले सहयोग पुग्ने बताउनुभयो। कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री बिदुर कुमार लिङ्गथेपले यसबाट कोशी प्रदेशको आर्थिक समृद्धि र विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही