डीपी अर्यालले दिए सभामुख पदको लागि उम्मेदवारी

काठमाडौं,१९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले सभामुख पदमा मनोनयन दर्ता गराउनु भएको छ ् ।
शुक्रबार रास्वपाबाट सभामुख पदमा मनोनयन दर्ता गराइको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ ।

उहाँले भन्नु भयो ‘पार्टीको उपसभापति डोलप्रसाद अर्याललाई हामीले पार्टीको तर्फबाट सभामुखको उम्मेदवारमा प्रस्ताव गरेर दर्ता गरेका छौं । यो विषयमा अरु पार्टीहरुसँग पनि छलफल भइरहेको छ । उपसभामुखको लागि अहिले छलफल गरेका छैनौं । यो सभामुखको निर्वाचन पश्चात मात्रै यो विषयले प्रवेश लिनेछ । अहिले सभामुखमै केन्द्रित छौं ।’

उहाँको प्रस्तावकमा प्रतिनिधिसभा सदस्य समेत रहेका पार्टी सभापति रवि लामिछाने छन् । सभामुख पदको निर्वाचनमा चैत २२ गते हुँदैछ । त्यसका लागि संघीय संसद सचिवालयले आज शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदको उम्मेदवारी दर्ताको समय तोकेको छ । लगत्तै साढे २ बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनर प्रधानमन्त्री शाहबीच छलफल

काठमाडौं,१ साउन । प्रधानमन्त्री बालेन शाहले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन नेपालका पदाधिकारीसँग जुत्ता उद्योगका समस्या र समाधानका उपायबारे छलफल गर्नु भएको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

६० दिनभित्र सांसदको सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं,१ साउन । जनप्रतिनिधिको सम्पत्तिमाथि निगरानी बढाउँदै संघीय संसद्का सांसदहरूलाई आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण बुझाउन निर्देशन दिइएको छ। भ्रष्टाचार निवारण ऐन,

सूर्य कर्कट राशिमा प्रवेश, यस्तो छ धार्मिक तथा शास्त्रीय महत्त्व

काठमाडौं,१ साउन । हिन्दु धर्मावलम्वीहरुले साउने संक्रान्ति पर्व मनाइरहेका छन् । यस दिन सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले कर्कट संक्रान्ति पनि भनिन्छ ।

युवा ऐन संशोधन गर्न सुझाव

काठमाण्डौँ,१ साउन । युवा श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादव ज्यूको अध्यक्षतामा युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा छलफल भएको छ। छलफलमा

प्रमुख जिल्ला अधिकारीसहितको टोलीद्वारा कोशी ब्यारेजको स्थलगत अनुगमन

धरान,१ साउन। सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ । यस क्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका