न्याय पाउने पहिलो अधिकार शहीद परिवार हो : रवि लामिछाने

काठमाडौं,१९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिमछानेले पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई प्रतिशोध र हतारको रूपमा व्याख्या गरिएकोप्रति असन्तुष्टि व्यक्त गनु भएको छ ।

शुक्रबार प्रतिनिधिसभाको नयाँ सभामुखका लागि उपसभापति डीपी अर्यालले मनोनयन दर्तापछि सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले लेखकको पक्राउलाई प्रतिशोध र हतारको रूपमा व्याख्या गरिएको भन्दै न्याय पाउने पहिलो अधिकार र हतार शहीद परिवारलाई भएको बताउनु भएको हो ।
उहाँले भन्नु भयो ,‘गृहमन्त्रीको पक्राउलाई प्रतिशोध भन्नु हतार भयो । आफ्ना कलिला बालबालिका गुमाएका अविभावकलाई न्यायको हतारो होला नि । त्यति हरातो त कसैलाई छैन् होला नि ? त्यसैले न्याय पाउने पहिलो हक शहीद परिवारको हो । ,घाइते परिवारको हो । न्याय पाउने हक सबैलाई छ । राजनीतिक रुपमा लागेको कुरा पहिलो हक चाँही शहीद परिवारको हो ।’

उहाँले आफूहरू सार्वजनिक परीक्षण (पब्लिक अडिट) मा रहेको भन्दै नागरिकले सबै गतिविधि नियालिरहेको बताउनु भयो ।
‘हामी पब्लिक अडिटमा छौं । नागरिकले यसलाई हेरिरहनु भएको छ । हामीले बोलेर भन्दा पनि काम गरेर देखाउँछौ,’उहाँले भन्नु भयो ।
नवनिर्वाचित सभामुखले आफ्नो अनुभवलाई व्यवहारमा उतार्दै संसदीय मर्यादा, नियमावली र अनुशासनको मापदण्ड पालना गर्नुपर्ने उहाँले जोड दिनु भएको छ ।

साथै, सभामुख पदमा पुगेपछि पार्टीभन्दा माथि उठेर सिंगो सदनप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै लोकतान्त्रिक मूल्य–मान्यता विपरीत प्रतिपक्षलाई दमन गर्ने वा नागरिकका मुद्दा दबाउने खालको व्यवहार अस्वीकार्य हुने बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

६० दिनभित्र सांसदको सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं,१ साउन । जनप्रतिनिधिको सम्पत्तिमाथि निगरानी बढाउँदै संघीय संसद्का सांसदहरूलाई आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण बुझाउन निर्देशन दिइएको छ। भ्रष्टाचार निवारण ऐन,

सूर्य कर्कट राशिमा प्रवेश, यस्तो छ धार्मिक तथा शास्त्रीय महत्त्व

काठमाडौं,१ साउन । हिन्दु धर्मावलम्वीहरुले साउने संक्रान्ति पर्व मनाइरहेका छन् । यस दिन सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले कर्कट संक्रान्ति पनि भनिन्छ ।

युवा ऐन संशोधन गर्न सुझाव

काठमाण्डौँ,१ साउन । युवा श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादव ज्यूको अध्यक्षतामा युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा छलफल भएको छ। छलफलमा

प्रमुख जिल्ला अधिकारीसहितको टोलीद्वारा कोशी ब्यारेजको स्थलगत अनुगमन

धरान,१ साउन। सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ । यस क्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका

हामी दह्रो, मजबुत विशाल वृक्ष हौँ : ओली

काठमाडौं,१ असार। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा झूटलाई सत्यका रूपमा पत्याउने प्रवृत्ति बढ्दै गएको टिप्पणी गर्नु भयो। शुक्रबार नयाँ वेबसाइट र मोबाइल

स्वदेशी जुत्ता–चप्पल उद्योगलाई सरकारले नीतिगत सहजीकरण गर्नेः प्रधानमन्त्री शाह

काठमाण्डौँ,१ साउन ।प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवद्र्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवद्र्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता