दुबईमा इरानको आक्रमणबाट घाइते सातै नेपाली खतरामुक्त

दुबई,२१ चैत। दुबईमा इरानको ड्रोन आक्रमणमा परेर घाइते भएका ७ जना नेपाली खतरामुक्त रहेको बताइएको छ । उनीहरू खतरामुक्त रहेको परराष्ट्र मन्त्रालयले बताएको छ। घाइतेमध्ये ६ जना उपचार गराएर काममा फर्किसकेका छन् भने अर्का एक जनाको उपचार चलिरहेको मन्त्रालयले बताएको छ । उपचाररत घाइते पनि खतरामुक्त रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर क्षेत्रीले बताउनु भयो ।

 

उहाँले पश्चिम एसियाली देशहरूमा चर्केको द्वन्द्व कारण बिदाका दिन पनि परराष्ट्रका अधिकारीहरू घटनाको जानकारी सङ्कलनमा जुटिरहेको जनाइएबो छ । दुबईस्थित नेपाली दूतावासले पनि सबै घाइते खतरामुक्त रहेको बताएको छ । दूतावासले घाइते नेपालीहरुसँग फोन सम्पर्क भइरहेको बताएको छ । अस्पतालबाट डिस्चार्ज भएकाहरूमध्ये चार जनालाई आजै दूतावासका अधिकारीहरू भेटघाट समेत गरेका छन् ।

 

‘उनीहरू चारै जनाको अवस्था ठिक छ, आवश्यक सहयोगका लागि समन्वय भइरहेको छ’ प्रवक्ता क्षेत्रीले भन्नु भयो, ‘अन्य बाँकी ३ जनासँग पनि कर्मचारीले चाँडै प्रत्यक्ष भेटेर जानकारी लिने तयारी भइरहेको छ ।’ उहाँले अस्पतालमा उपचारत रहेका नेपालीसँग पनि फोन सम्पर्क भएको बताउनु भयो । उपचाररत नेपाली पनि स्वस्थ्य हुँदै गएका र केही दिनमा डिस्चार्ज हुने मन्त्रालयले बताएको छ ।

 

दुबई लगायत अन्य मुलुकमा पनि परराष्ट्र मन्त्रालयले नियमित जानकारी लिइरहेको प्रवक्ता क्षेत्रीले बताउनु भयो । अप्ठ्यारो परेकालाई सम्बन्धित निकायहरूबाट समयमै सहयोग भइरहेको उहाँले बताउनु भयो । क्षेत्रीले कसैलाई कुनै प्रकारको समस्या भएमा परराष्ट्र मन्त्रालय वा सम्बन्धित दूतावासमा सम्पर्क गर्न सार्वजनिक अपिल गरिएको पनि जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’सम्म नियमन, भ्रामक विज्ञापनमा क्षतिपूर्ति

काठमाडौँ, १८ असार ।  विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

काठमान्डौ-असर १८ गते। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौती गर्ने तयारी गर्नुभएको छ।

विधेयक हतारमा पारित गर्न खोजिएको भन्दै सांसद शर्माको असन्तुष्टि

काठमाडौं,१८ असार । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पर्याप्त छलफलविना हतारमा पारित गर्न नहुने

पासपोर्ट छपाइ र अख्तियार विवादबारे संसदमा गर्जिए कांग्रेस सांसद बुढा

काठमाडौं,१८ असार । नेपाली कांग्रेसका सांसद खड्क बहादुर बुढाले वर्तमान सरकारको सुशासन र संवैधानिक निकायहरूको स्वतन्त्रता माथि गम्भीर प्रश्न उठाउनु भएको छ । प्रतिनिधिसभाको बिहीबारको

प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको एमाले सांसद खातुनको आरोप

काठमाडौं,१८ असार । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर देश र जनताका सवालमा स्पष्ट जवाफ दिन आग्रह गर्नु भएको छ्। बिहीबार

बैंगलोरमा तत्काल नेपाली नियोग स्थापना गर्न सांसद महरको माग

काठमाडौं,१८ असार । नेकपा एमालेका सांसद ऐन महरले भारतको बैंगलोरमा नेपाली महावाणिज्य दूतावास वा कूटनीतिक नियोग तत्काल स्थापना गर्न सरकारसँग माग गर्नु भएको छ। बिहीबार