शासकीय सुधारको १०० बुँदे योजना अन्तर्गत सरकारी अस्पतालमा सुधार

काठमाडौँ,२१ चैत । नेपाल सरकारले अघि सारेको शासकीय सुधारको १०० बुँदे योजना अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो प्रगति विवरण सार्वजनिक गर्दै सेवा प्रवाहमा व्यापक सुधार भइरहेको बताएको छ। मन्त्रालयले २०८२ चैत २० गते सार्वजनिक गरेको प्रतिवेदन अनुसार देशका प्रमुख सरकारी अस्पतालहरूमा सेवाको गुणस्तर सुधार्न विशेष कार्ययोजना लागू गरिएको जनाएको छ।

 

राष्ट्रिय ट्रमा सेन्टर, डडेल्धुरा अस्पताल, नारायणी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र गजेन्द्र नारायण सिंह अस्पतालमा सरसफाइ, कर्मचारीको नियमित हाजिरी र बिरामीको गुनासो सुनुवाइका लागि छुट्टै सम्पर्क व्यक्ति तोकेर सुधारका कामहरू तीव्र पारिएको जनाएको छ।

 

मन्त्रालयले विपन्न नागरिकको उपचारमा सहज पहुँच पु¥याउन हालसम्म ६३ वटा अस्पतालले आफ्नो कुल शय्याको १० प्रतिशत बेड निःशुल्क उपलब्ध गराएको जानकारी दिएको छ। यस्तो सेवा प्रदान गर्ने अस्पतालहरूको विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा समेत अद्यावधिक गरिएको छ, जसले गर्दा सेवाग्राहीलाई कुन अस्पतालमा निःशुल्क उपचार पाइन्छ भन्ने जानकारी लिन सजिलो हुने जनाएको छ।

 

साथै, अस्पतालहरूको सेवालाई उत्तरदायी बनाउन एकीकृत गुनासो व्यवस्थापन प्रणाली समेत कार्यान्वयनमा ल्याइएको छ। अब सेवाग्राहीले क्युआर कोड र इमेलमार्फत सिधै मन्त्रालयमा आफ्ना गुनासाहरू दर्ता गराउन सक्नेछन् र ती गुनासाहरूको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ।

 

स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति अनुरूप सरकारले नेपाल औषधि लिमिटेड र सिंहदरबार वैद्यखानाबाट उत्पादित औषधिहरू सरकारी संयन्त्रमार्फत खरिद गर्ने तयारी पूरा गरेको हो। यसले स्वदेशी औषधिको बजार विस्तार हुनुका साथै उत्पादन क्षमतामा समेत वृद्धि हुने अपेक्षा गरिएको जनाएको छ।

 

मन्त्रालयले संघीय र प्रादेशिक अस्पतालहरूको अनुगमनका लागि विशेष ‘चेकलिस्ट तयार पारी जिम्मेवारी समेत तोकिसकेको छ। १०० दिनभित्र सम्पन्न गर्नुपर्ने १० बुँदे सुधारका कार्यहरूलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’सम्म नियमन, भ्रामक विज्ञापनमा क्षतिपूर्ति

काठमाडौँ, १८ असार ।  विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

काठमान्डौ-असर १८ गते। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौती गर्ने तयारी गर्नुभएको छ।

विधेयक हतारमा पारित गर्न खोजिएको भन्दै सांसद शर्माको असन्तुष्टि

काठमाडौं,१८ असार । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पर्याप्त छलफलविना हतारमा पारित गर्न नहुने

पासपोर्ट छपाइ र अख्तियार विवादबारे संसदमा गर्जिए कांग्रेस सांसद बुढा

काठमाडौं,१८ असार । नेपाली कांग्रेसका सांसद खड्क बहादुर बुढाले वर्तमान सरकारको सुशासन र संवैधानिक निकायहरूको स्वतन्त्रता माथि गम्भीर प्रश्न उठाउनु भएको छ । प्रतिनिधिसभाको बिहीबारको

प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको एमाले सांसद खातुनको आरोप

काठमाडौं,१८ असार । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर देश र जनताका सवालमा स्पष्ट जवाफ दिन आग्रह गर्नु भएको छ्। बिहीबार

बैंगलोरमा तत्काल नेपाली नियोग स्थापना गर्न सांसद महरको माग

काठमाडौं,१८ असार । नेकपा एमालेका सांसद ऐन महरले भारतको बैंगलोरमा नेपाली महावाणिज्य दूतावास वा कूटनीतिक नियोग तत्काल स्थापना गर्न सरकारसँग माग गर्नु भएको छ। बिहीबार