गृहमन्त्री सुधन गुरुङको पहिलो एक साता

काठमाडौँ,२१ चैत।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री चैत १३ गते बन्नु भयो। सुधन गुरुङ गृहमन्त्री नियुक्त भएको एक साता भित्रै उच्च–प्रोफाइल व्यक्तिहरूको धमाधम पक्राउसँगै सरकार आक्रामक कार्यशैलीमा उत्रिएको छ ।
१३ गते नियुक्त भएर २० गतेसम्म एक हप्तामा आइपुग्दा गृहमन्त्रीले सात जनालाई प्रकाउ गर्नु भएको छ । उहाँ हिन्दी फिल्म झै एक्सनमा उत्रिएर काम गरि रहनु भएको छ।

बालेन्द्र शाह नेतृत्वको सरकारमा शक्तिशाली मानिने गृह मन्त्रालयको नेतृत्वमा सुधन गुरुङको नाम प्रस्तावका रूपमा सार्वजनिक हुँदा धरैले आश्चर्य मानेका थिए ।
नमानून् पनि किन, ‘सांसद्हरूलाई तलबै नदिऊँ है’ भन्दै उहाँले दिएका अभिव्यक्ति त कहिले पत्रकार सम्मेलनमा ‘हाम्रो एजेन्डा के रे.’ भन्दै सोधेको पृष्ठभूमि । सार्वजनिक भएका यस्तै यस्तै स–साना दृश्यका कारण सुधनलाई गृहमन्त्रीका रूपमा अघि सारिएकोमा धेरैले आश्चर्य व्यक्त गरेका थिए । कुनैबेला संविधान संशोधनका विषयमा दिएको एक अभिव्यक्ति पनि धेरैले चासोका साथ लिएका थिए ।
तर, गृहमन्त्री नियुक्त भएपछिका एक सातामा उहाँले आफूमाथि उठेका हरेक प्रश्नको जवाफ कामबाट दिने प्रयास गरिरहनु भएको छ। । तर उहाँले लिएका कदमहरु ‘प्रतिशोध’,‘पूर्वाग्रही’ र ऐन–कानुनसँग बाझिने किसिमका भएको भनेर आलोचना समेत भइरहेको छ ।

पहिलेको सरकारका पालामा अड्किएका अनुसन्धानका फाइलहरू उहाँले धमाधम खोलिरहनु भएको छ् । जसले ‘हाइ–प्रोफाइल’हरुलाई टाउको दुखाइ बनेको छ ।
गृहमन्त्रीको एक हप्तामा के के भयो?

चैत १३ गते (नियुक्ति दिन)
गृहमन्त्री नियुक्त भएकै दिन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न निर्देशन दिनु भयो ।

चैत १४ गते केपी ओली र रमेश लेखकलाई निवासबाट पक्राउ गरियो । प्रकाउ गर्दा केहीबेर ओली निवासमा तनाव सिर्जना भयो भने लेखक स्वेच्छाले उपस्थित हुनु भयो । पक्राउ नहुँदासम्म गुरुङ प्रहरी मुख्यालयमै बसेर निर्देशन दिइरहनु भएको थियो । सोही दिन जावलाखेल र सातदोबाटोमा निरीक्षण गर्दै एमाले नेता कर्णबहादुर मल्ललाई समेत पक्राउ गरियो ।

चैत १५ गते आइतबार गुरुङले सिंहदरबार स्थित क्यान्टिनमा पुगेर सर्वसाधारणसँग भेटघाट गर्नू भयो, अनौपचारिक रूपमा संवाद गर्दै ‘भीआईपी शैली’ अन्त्यको संकेत दिनु भयो । १५ गते नै कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई समेत पक्राउ गर्न आदेश दिनु भयो ।

चैत १६ गते सोमबार प्रहरी प्रधान कार्यालय निरीक्षण गर्न पुग्नु भयो । निरीक्षणका क्रममा उहाँले तल्लो तहका प्रहरीको समस्या सुन्दै तलब, पोषण र सरुवा प्रणाली सुधार गर्ने प्रतिबद्धता जनाउनु भयो।

चैत १७ गते (मंगलबार) ओलीको रिहाई गर्न माग राख्दै प्रदर्शनका क्रममा दुव्र्यवहारमा परेका ज्येष्ठ नागरिकलाई भेट्न उहाँ घरमै पुग्नु भयो। घटनामा संलग्न व्यक्तिलाई समेत पक्राउ गरियो ।

चैत १८ गते (बुधबार) केपी शर्मा ओली र रमेश लेखक सम्बन्धी अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरमा पुगेर उहाँले प्रत्यक्ष अनुगमन गर्नु भयो।

चैत १९ गते (बिहीबार) पशुपतिनाथ मन्दिर दर्शनका क्रममा उहाँले सर्वसाधारणलाई प्राथमिकता दिँदै सवारी व्यवस्थापनमा आफैं संलग्न हुनु भयो । त्यसपछि संसद् बैठकमा उपस्थित भइ अध्यादेशहरू पेस गर्नु भयो ।

चैत २० गते (शुक्रबार) घाइते आन्दोलनकारीलाई केएमसी अस्पतालमै पुगेर भेटनु भयो । सोही दिन सामाजिक सञ्जालमा विश्रामको तस्बिर पोस्ट गर्दै ‘जनता भन्दा माथि सरकार हुँदैन’ सन्देश दिनु भयो ।

गुरुङ गृहमन्त्री भएपछि प्रकाउ परेका ‘हाइ–प्रोफाइल’हरु को को हुन्?
१.केपी शर्मा ओली–पूर्वप्रधानमन्त्री
२. रमेश लेखक–पूर्वगृहमन्त्री
३. कर्ण मल्ल–एमाले नेता
४. रेखा शर्मा–एमाले नेता
५. दीपक खड्का–पूर्वउर्जामन्त्री
६. छवि रिजाल–काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी
७. दीपक भट्ट–व्यवसायी
८. राजकुमार अर्याल
९. शंकर अग्रवाल, व्यवसायी
१०. सुलभ अग्रवाल(व्यवसायी)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

७३५ वटा शव फेला,२५ प्रहरी सम्पर्कविहीन, उद्धारमा ७ हजार बढी प्रहरी

काठमाडौं,१४ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका

चीनबाट राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा अवतरण

काठमाडौं , भदौ १४ । भोटेकोशी बाढीका कारण चपेटामा परेको नेपाललाई चीन सरकारले राहत सामग्री उपलब्ध गराएको छ । ५० टन आपत्कालीन राहत सामग्री लिएर आइतबार

भोटेकोसी बाढीपीडित विद्यार्थी र विद्यालयलाई Grace International Group को २५ लाख सहयोग

काठमाडौं,१४ भदौ । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित विद्यार्थी तथा विद्यालयका लागि Grace International Group ले २५ लाख रुपैयाँ सहयोग गरेको छ।बाढीका कारण रसुवालगायत विभिन्न जिल्लामा

बाढी–पहिरोको विपत्तिमा नेपाली एकजुट बनौँ, पीडितको साथमा उभिऔँ

काठमाडौं,१४ भदौ । नेपाल अहिले कठिन समयबाट गुज्रि रहेको छ । बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पु¥याएको छ ।

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको