कर्णाली प्रदेशमा महिला हिंसाका घटनाहरू लगातार बढ्दै

सुर्खेत,२२ चैत । कर्णाली प्रदेशमा पछिल्लो समय महिला हिंसाका घटनाहरू लगातार बढ्दै गएका छन् । महिला हिंसा सम्बन्धी एक महिनाभित्र भएका तीन दर्दनाक घटनाले मात्रै होइन, तथ्याङ्कहरूले पनि यहाँको अवस्था झनै चिन्ताजनक बन्दै गएको संकेत गरेका छन् ।

गत फागुन २३ गते सुर्खेतकी इनिशा बिकको बलात्कारपछि अत्याधिक रक्तस्रावका कारण मृत्यु भयो । घटनापछि दोषीमाथि कडा कारबाहीको माग गर्दै परिवारले लामो समयसम्म शव बुझ्न अस्वीकार गरे । करिब दुई साताको अनुसन्धानपछि अदालतले चार जनालाई जवरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । त्यसपछि मात्रै २७ दिनपछि भेरी नदीमा इनिशाको अन्त्येष्टि गरिएको थियो ।

चैत पहिलो साता सुर्खेत गुर्भाकोट–१२ की माया कठायत दुई नाबालक छोराछोरीसहित घरबाट हराइन् । माया हराएको भोलीपल्ट भेरी नदी किनारमा उनको मृत शरीर भेटियो । त्यसको एक दिनपछि उनकी ११ बर्षिया छोरी आशाको शव भेटियो । पाँच वर्षका छोरा दीपक अझंै भेटिएका छैनन् ।

पारिवारिक तनाव र श्रीमानको यातना सहन नसकेर मायाले भेरी नदीमा हाम फालेको भन्दै उनका माइती पक्षले ज्वाइँविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी दिए पछि प्रहरीले मायाका श्रीमानलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

चैत १५ गते कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–३ की मनसरा अधिकारी बुढा आफ्नै घरमा मृत भेटिइन् । उनको शरीरमा देखिएका घाउ र शवको पोस्टमार्टम पछि प्रहरीले श्रीमान् काँशीराम बुढालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । काँशीरामले बञ्चरो प्रहार गरी श्रीमती मनसराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । एक महिनामा यी तीन घटनाले कर्णालीमा महिला हिंसाको अवस्था डरलाग्दो रहेको चित्रण गरेका छन् ।

मानव अधिकारको क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिवेदनले पनि कर्णालीमा मानव अधिकार उलङ्घनका घटनाहरू बढीरहेको देखाएको छ । पछिल्लो एक वर्षमा कर्णालीमा भएका ६९४ मानव अधिकार उलङ्घन र ज्यादतीका घटनामा महिलाहरू पीडित रहेको देखाएको छ । यी घटनामा ५३१ महिला र ७८ जना पुरुष रहेको देखाएको छ । पछिल्ला तीन वर्षमा कर्णालीमा जबरजस्ती करणीका मात्रै ४९२ वटा मुद्दा दर्ता भएका छन् ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७९÷०८० देखि २०८१÷०८२ सम्म क्रमशः घटनाको सङ्ख्या बढेको देखिन्छ । आर्थिक वर्ष २०८०÷०८१ मा दुई सय नौ र आर्थिक वर्ष २०८१÷०८२ मा १७४ मुद्दा दर्ता भएका छन् । चालू आर्थिक वर्ष २०८२÷०८३ को हालसम्म एक सय नौ वटा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रामप्रकाश शाहले बताउनु भयो ।

इन्सेकले २०२५ मा कर्णालीमा बलात्कारका घटनाहरू पनि बढेको देखाएको छ । पाँच वर्षको अवधिमा बलात्कारका घटनाहरू २७ बाट बढेर ६४ पुगेको छ । २०२१ मा २७ वटा, २०२२ मा ३९ वटा घटना घटेका थिए भने २०२३ मा ५१ वटा घटना घटेका थिए । यस्तै २०२४ मा ६० वटा घटनाहरू घटेकोमा यो वर्ष बढेर ६४ पुगेका छन् । अधिकांश घटनामा पीडित बालिका तथा महिलाहरू धेरै रहेका छन् । अधिकांश घटनामा पीडितले चिने जानेका व्यक्ति, नजिकका आफन्त, छिमेकी वा समाजले विश्वास गरेका व्यक्तिहरूबाट हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । कतिपय घटनाहरू सार्वजनिक नहुने भएकाले वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने प्रहरीको अनुमान छ । कतिपय घटनाहरू मिलापत्रमै टुङ्ग्याउँदा पनि महिला हिंसाको वास्तविक तथ्याङ्क आउन नसकेको अधिकारकर्मीको भनाई छ ।

कर्णालीमा हुने मानव अधिकार उलङ्घनका घटनामा पुरुषभन्दा महिला बढी पीडित भएको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले बताउनु भयो ।

‘कर्णालीको मानव अधिकारको अवस्थामा अघिल्लो वर्षभन्दा केही सुधार देखिए पनि महिलामाथि हुने हिंसाका घटनाहरूमा कमी देखिँदैन’ उहाँले भन्नु भयो, ‘कारागारमा मृत्यु, परिवारजनबाट भएका हत्या र धम्कीका घटना गत वर्षभन्दा पनि बढी रहेका छन् ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’सम्म नियमन, भ्रामक विज्ञापनमा क्षतिपूर्ति

काठमाडौँ, १८ असार ।  विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

काठमान्डौ-असर १८ गते। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौती गर्ने तयारी गर्नुभएको छ।

विधेयक हतारमा पारित गर्न खोजिएको भन्दै सांसद शर्माको असन्तुष्टि

काठमाडौं,१८ असार । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पर्याप्त छलफलविना हतारमा पारित गर्न नहुने

पासपोर्ट छपाइ र अख्तियार विवादबारे संसदमा गर्जिए कांग्रेस सांसद बुढा

काठमाडौं,१८ असार । नेपाली कांग्रेसका सांसद खड्क बहादुर बुढाले वर्तमान सरकारको सुशासन र संवैधानिक निकायहरूको स्वतन्त्रता माथि गम्भीर प्रश्न उठाउनु भएको छ । प्रतिनिधिसभाको बिहीबारको

प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको एमाले सांसद खातुनको आरोप

काठमाडौं,१८ असार । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर देश र जनताका सवालमा स्पष्ट जवाफ दिन आग्रह गर्नु भएको छ्। बिहीबार

बैंगलोरमा तत्काल नेपाली नियोग स्थापना गर्न सांसद महरको माग

काठमाडौं,१८ असार । नेकपा एमालेका सांसद ऐन महरले भारतको बैंगलोरमा नेपाली महावाणिज्य दूतावास वा कूटनीतिक नियोग तत्काल स्थापना गर्न सरकारसँग माग गर्नु भएको छ। बिहीबार