बाजुरामा पहिरोले रौदीगाड लघु जलविद्युत आयोजना पूर्ण रूपमा क्षतीग्रस्त

बाजुरा,२२ चैत । बाजुरामा पहिरोले रौदीगाड लघु जलविद्युत आयोजना पूर्ण रूपमा क्षति भएको छ । गौमुल गाउँपालिका—३ मा अवस्थित रौदीगाड लघु जलविद्युत आयोजना पहिरोका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । हिउँदे वर्षा पछि आएको पहिरोले आयोजनाको पावर हाउस माथिबाट पहिरो खस्दा ठुलो क्षति पु¥याएको हो । पहिरोले पावर हाउस मात्र नभई नहर समेत बगाएको उपभोक्ता समितिका सचिव भक्त विकले जानकारी दिनु भयो ।

 

संरचनामा क्षति पुगेसँगै अहिले विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको विकले बताउनु भयो । २०६९ चैत २५ गते निर्माण सम्पन्न भएको उक्त आयोजना मार्फत करिब ३५० घरपरिवार लाभान्वित हुँदै आएका थिए । नहर र पावर हाउसमा क्षति भए पछि ३५० घरधुरी प्रभावित भएका छन् । वडा अध्यक्ष गोरख बोहराले तत्काल गौमुल सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरी आवश्यक पहल गरिने बताउनु भएको छ। स्थानीयलाई सेवाबाट वञ्चित हुन नदिन तत्काल समन्वय र सहकार्य गरी विद्युत् सेवा सञ्चालन गर्न पहल गरिने बताउनु भयो ।

 

पहिरोका कारण संरचना सँगै उपकरणमा समेत क्षति पुगेको कर्मचारी भीम बहादुर रोकायाले बताउनु भयो । विपतका कारण ठुलो क्षतिको सामना गर्नु परेको बताउँदै उहाँले तत्काल मर्मत तथा पुनः निर्माणका लागि सम्बन्धित निकायसँग पहलको माग गरिएको जानकारी दिनु भयो ।

 

बाजुरामा बर्सेनि बाढी पहिरोले ठुलो धनजनको क्षति गर्ने गरेको छ । विभिन्न आयोजनाका साथै यहाँका नौं वटै स्थानीय तहका अधिकांश गाउँ बस्ती पहिरोको उच्च जोखिम छन्। चैत्रमै पहिरो बग्न थालेपछि स्थानीय त्रसित समेत बनेका छन् । बाजुरामा झन्डै १३५ बढी गाउँबस्ती पहिरोको उच्च जोखिममा छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’सम्म नियमन, भ्रामक विज्ञापनमा क्षतिपूर्ति

काठमाडौँ, १८ असार ।  विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

काठमान्डौ-असर १८ गते। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौती गर्ने तयारी गर्नुभएको छ।

विधेयक हतारमा पारित गर्न खोजिएको भन्दै सांसद शर्माको असन्तुष्टि

काठमाडौं,१८ असार । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पर्याप्त छलफलविना हतारमा पारित गर्न नहुने

पासपोर्ट छपाइ र अख्तियार विवादबारे संसदमा गर्जिए कांग्रेस सांसद बुढा

काठमाडौं,१८ असार । नेपाली कांग्रेसका सांसद खड्क बहादुर बुढाले वर्तमान सरकारको सुशासन र संवैधानिक निकायहरूको स्वतन्त्रता माथि गम्भीर प्रश्न उठाउनु भएको छ । प्रतिनिधिसभाको बिहीबारको

प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको एमाले सांसद खातुनको आरोप

काठमाडौं,१८ असार । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर देश र जनताका सवालमा स्पष्ट जवाफ दिन आग्रह गर्नु भएको छ्। बिहीबार

बैंगलोरमा तत्काल नेपाली नियोग स्थापना गर्न सांसद महरको माग

काठमाडौं,१८ असार । नेकपा एमालेका सांसद ऐन महरले भारतको बैंगलोरमा नेपाली महावाणिज्य दूतावास वा कूटनीतिक नियोग तत्काल स्थापना गर्न सरकारसँग माग गर्नु भएको छ। बिहीबार