संघर्षदेखि सफलतासम्मको महिलाहरुको उद्यमी कथा

काठमाडौं,२२ चैत । ललितपुरको हेरिटेज गार्डेनमा आयोजित नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यतिबेला स्वदेशी पहिचान र महिला उद्यमीहरुको संघर्ष, साहस र सफलताको साझा मञ्च बनेको छ । ‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं, स्वदेशी उद्यमशिलतालाई प्रोत्साहन गरौं’ भन्ने नाराका साथ संचालन भएको मेलामा महिलाहरुले आफ्नो उत्पादन प्रदर्शनीमा राखेर प्रचार गरिरहेका छन् ।

 

स्टलहरुमा भेटिएका उद्यमी महिलाका संघर्ष र सफलताका कथाहरू सुन्दा लाग्छ अव नेपाली महिलाहरू केवल गृहिणीका रुपमा मात्र सीमित छैनन्, उनीहरू देशको अर्थतन्त्रका बलिया खम्बा बन्दै छन् ।

प्रदर्शनी कक्षभित्र पस्नेबित्तिकै नेपालका ७७ वटै जिल्लाको सुगन्ध र सीप एकै ठाउँमा संकलित भएको आभास हुन्छ । यहाँ केवल सामानको किनबेच मात्र भइरहेको छैन, बरु चुलोचौकोबाट निस्केर व्यावसायिक जगतमा आफ्नो दह्रो उपस्थिति जनाएका महिलाहरूको सफलता देखिन्छ ।
मेलामा आएकी नेपालगञ्जकी सरिता चौधरी पञ्चशिल हस्तकला केन्द्रकी अध्यक्ष हुनुन्छ । उहाँले १३ वर्षदेखि जंगलमा पाइने काँस र मुज घाँसबाट आकर्षक सामग्री बनाइरहनु भएको छ।

‘यो काँस काट्न सजिलो छ तर संकलन गर्न गाह्रो पर्छ । जंगलमा जानुपर्छ, हात्तीको डर हुन्छ । बर्दियाको जंगलमा मान्छे लगाएर काट्छौ,’ सरिताले सुनाउनु भयो।

 

उहाँले बनाएका हटकेस, डस्टबिन र ज्वेलरी बक्सहरूको माग काठमाडौंमा उच्च छ । पाँच जना महिला मिलेर चलाएको यो केन्द्रले उहाँहरूलाई आत्मनिर्भर बनाएको छ । जंगलमा पाइने काँस र मुज घाँसबाट आकर्षक सामग्री बनाउने पुर्खौली पेसाले नै आफु आत्मनिर्भर भएको उहाँ सुनाउँनु हुन्छ।

 

सरिता गर्वका साथ भन्नु हुन्छ, ‘दुई चार पैसा कमाइ हुँदा अहिले कसैसँग माग्नु परेको छैन, जीवन सहज भएको छ ।’

मेलामा भेटिएकी दाङकी झोला डाँगीको कथा झन् मार्मिक र प्रेरणादायी छ । २०५२ सालको सशस्त्र द्वन्द्वबाट प्रभावित भएर रोल्पाबाट दाङ झरेकी झोला सुरुमा सामान्य गृहिणी मात्र हुनुन्छ्। तर, २०६९ सालदेखि ‘युनिक दिदीबहिनी अल्लो उद्योग’ सुरु गरेपछि उहाँको पहिचान बदलिएको छ ।
अल्लो(सिस्नु) र गाँजाको रेसा (हेम) बाट जुत्ता, कोट र ब्याग बनाउने उनको उद्योगमा अहिले २० जनाले प्रत्यक्ष र करिब १५० जनाले अप्रत्यक्ष रोजगारी पाएका छन्।

 

‘मेरो कच्चा पदार्थ हेम र अल्लो रोल्पा, रुकुम, बझाङ, बाजुरालगायत सुदुरपश्चिमका थुप्रै ठाउँबाट आउँछ । सबै दिदीबहिनी मिलेर काम गर्ने भएकाले नाम पनि युनिक दिदीबहिनी अल्लो राखेर काम गरेका छौ,’ उहाँले भन्नु भयो।

झोला डाँगी आफ्नो पेसाप्रति सन्तुष्ट हुनुन्छ। उहाँ भन्नु हुन्छ, ‘हिजो म गृहिणी मात्र थिएँ, आज उद्यमी भएर देशका विभिन्न जिल्लाका दिदीबहिनीलाई भेट्न पाउँदा खुसी लाग्छ।’

 

डाँगीले उत्पादन गरेका सामानहरु सबै जिल्लाका शहरमा पुग्छन् नै विदेशमा उपहारकोरुपमा पनि पुगेका छन् । समय समयमा हुने यस्ता व्यवसायीक मेलाहरुले थप उर्जा दिने उहाँ सुनाउनु हुन्छ।

 

‘नेपालको प्राय सबै जिल्लाहरुमा सामान पुगेको छ, बाहिर विदेशमा चाहीं गिफ्टको रुपमा जान्छ । हामी सबै मेला महोत्सवहरुमा पुग्छौ । राम्रो अडर आउँछ । जीवन धान्न सहज छ । सिपले जिविकोपार्जनका लागि सहज बनाएको छ । यस्ता मेलाहरुको थप उत्साह दिन्छ,’ उहाँले भन्नु भयो।

यस्तै, महको व्यवसायलाई वैज्ञानिक ढङ्गले अगाडि बढाउने महालक्ष्मी श्रेष्ठको अनुभव ३० वर्ष लामो छ । वनस्पति शास्त्रीको रूपमा महमा अनुसन्धान गरेकी उहाँले बी किपिङ एण्ड रिसर्च सेन्टरमार्फत मह मात्र होइन, मौरीको मैन, लिपबाम र साबुन समेत उत्पादन गर्नु हुन्छ ।
‘मह मात्र होइन, मौरीबाट प्राप्त हुने बि–पोलन, प्रोपोलिस र मैन पनि औषधीय गुणले भरिपूर्ण हुन्छन्,’ उहाँ बताउँनु हुन्छ।

उहाँले नेपालमा महको खपत पहिले निकै कम रहेको स्मरण गर्दै भन्नु हुन्छ, ‘पहिले मह खानुपर्छ भन्ने चेतना पनि थिएन। अहिले विस्तारै यसको प्रयोग बढ्दै गएको छ र निर्यात पनि सुरु भएको छ।’

 

उहाँका अनुसार नेपाली महको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको छ, तर सरकारी डकुमेन्टेसन र डिजिटल मार्केटिङको अभावले ठूलो परिमाणमा निर्यात गर्न चुनौती छ।

‘अन्तर्राष्ट्रिय बजारमा जानका लागि प्रत्येक देशका फरक–फरक खाद्य मापदण्ड र डकुमेन्टेसन प्रक्रिया पूरा गर्नुपर्छ, जुन निकै जटिल छ,’ उहाँले भन्नु भयो। उहाँका अनुसार जापान, अमेरिका, अस्ट्रेलिया लगायत केही देशमा सानो परिमाणमा मह निर्यात भए पनि ठूलो परिमाणमा विस्तार हुन सकेको छैन ।

उहाँले सरकारीरुपमा सहयोग हुनुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘उत्पादन राम्रो छ भन्ने कुरा उद्यमीले मात्र भन्यो भने विश्वास कम हुन्छ। सरकारले नै गुणस्तर प्रमाणित गरिदिए बजारमा विश्वास बढ्छ।’

त्यस्तै, उहाँले डिजिटल मार्केटिङ, प्याकेजिङ र अन्तर्राष्ट्रिय स्तरको ब्रान्डिङमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो। ‘अहिलेको डिजिटल युगमा हाम्रो मार्केटिङ अझै कमजोर छ । अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न आधुनिक मार्केटिङ र आकर्षक प्याकेजिङ आवश्यक छ,’ उहाँले भन्नु भयो।

महिला उद्यमीका रूपमा सुरुवाती दिनहरू चुनौतीपूर्ण रहेको अनुभव सुनाउँदै श्रेष्ठले समाजको सोच पनि बाधक बनेको बताउनु भयो।
‘पहिले महिलाले यस्तो व्यवसाय गर्न सक्दैनन् भन्ने धारणा थियो। तर, निरन्तर प्रयासले महिलाले पनि जुनसुकै क्षेत्रमा सफल हुन सक्छन् भन्ने प्रमाणित भएको छ,’ उहाँले भन्नु भयो।

उहाँले महिलाको सशक्तिकरणका लागि स्वरोजगार अत्यावश्यक रहेको बताउनु भयो । ‘प्रत्येक महिला आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्छ। तर, सुरुवातमा पुँजी जुटाउन र सही व्यवसाय पहिचान गर्न कठिन हुन्छ,’ उहाँले भन्नु भयो।

उहाँका अनुसार महिला उद्यमी महासंघले आयोजना गर्ने यस्ता मेलाहरूले देशभरका महिलालाई बजार पहुँच, व्यवसायिक नेटवर्क र सीप विकासमा ठूलो सहयोग पु¥याएको छ।

श्रेष्ठले सरकारसँग यस्ता कार्यक्रमलाई थप सहयोग गर्न र महिला उद्यमीलाई सहज वित्तीय पहुँच उपलब्ध गराउन आग्रह समेत गर्नु भएको छ।
मेलाको अर्को आकर्षण बनेकी छन् मुस्ताङको घरपझुङ गाउँपालिका–२ मार्फाकी उद्यमी सुकुन रसाइली बिक । मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योगकी प्रोपाइटर सुकुनले झन्डै एक करोडको लगानीमा ‘ग्लास हाउस’ स्थापना गरेकी छिन्। स्याउको सुकुटी, क्यान्डी र मुस्ताङको आलुको चिप्स उनको मुख्य उत्पादन हो ।

दलित समुदाय र दुर्गम भूगोलको चुनौती चिर्दै अघि बढेकी सुकुनले आफ्ना श्रीमानलाई १४ वर्षको वैदेशिक रोजगारीबाट फर्काएर स्वदेशमै व्यावसायिक बनाउनु भएको छ्।

ग्रामीण उत्पादनलाई प्राथमिकता र आवश्यक सहयोग दिए महिलाहरूले देशको अर्थतन्त्र मजबुत बनाउन सक्ने उहाँले बताउनु भयो।
नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सहभागी हुन ललितपुर आइपुगेकी सुकुनले भन्नु भयो, ‘हिमालपारिको जिल्लाबाट आएर आफ्ना उत्पादन यहाँ प्रदर्शन गर्न पाउँदा निकै खुशी लागेको छ।’

उहाँका अनुसार मुस्ताङमा आउने आन्तरिक तथा बाह्य पर्यटक नै मुख्य बजार हो । ‘मुस्ताङमै माग धेरै छ, उत्पादन पुर्याउनै गाह्रो हुन्छ,’ उनले बताउनु भयो।

साथै काठमाडौं, बुटवल, भैरहवा, पोखरा र चितवनसम्म पनि उनको उत्पादन विस्तार भइरहेको छ । विदेशी पर्यटकहरूले विशेष गरी एप्रिकोट, स्याउका परिकार र कम मसलेदार चिप्स रुचाउने गरेको उहाँले जानकारी दिइनु भयो।

उहाँको उद्योगले मुस्ताङमा पाइने स्थानीय फलफूल तथा तरकारीलाई प्रशोधन गरी बजारमा पुर्याउने काम गर्दै आएको छ। स्याउका विभिन्न परिकार स्याउको सुकुटी, जाम, क्यान्डीसँगै स्थानीय चिप्स, टिमुरका उत्पादन तथा अन्य सामग्री बजारमा ल्याइँदै आएको छ ।

२०७० सालमा उद्योग दर्ता गरी व्यवसाय सुरु गरेकी बिकको उद्योगमा उत्पादित सबै सामग्री खाद्य गुणस्तर परीक्षणपछि मात्र बजारमा पठाइन्छ ।
उहाँले व्यवसाय सुरु गर्ने प्रेरणा महिला सशक्तिकरणसँग जोडिएको बताउनु भयो्।

‘महिला आर्थिक रूपमा सक्षम नभएसम्म हिंसा अन्त्य हुँदैन। त्यसैले स्वरोजगार अत्यावश्यक छ,’ उहाँले भन्नु भयो।

उद्योगमार्फत उहाँ आफूसँगै अन्य महिलालाई पनि रोजगारी दिन सफल हुनु भएको छ। सिजनअनुसार १०–१५ जनासम्मलाई रोजगारी दिने गरेको बताउँदै उहाँले वैदेशिक रोजगारी न्यूनीकरणमा पनि यस्तो उद्यमले सहयोग गर्ने उल्लेख गर्नु भयो।

उहाँले आफ्ना श्रीमानलाई समेत विदेशबाट फर्काएर स्वदेशमै व्यवसायमा संलग्न गराएको अनुभव सुनाउनु भयो। तर, उद्यम सञ्चालनमा विभिन्न चुनौतीहरू रहेको उहाँले बताउनु भयो।

‘महिलालाई सहुलियत ऋण र बिना धितो कर्जा दिने भनिए पनि व्यवहारमा अझै कठिनाइ छ, स्थानीय सरकारले भने पनि बैंकले दिदैन,’ उहाँले भन्नु भयो।

उहाँका अनुसार मेसिन, जनशक्ति र लगानीको अभावले धेरै उद्योग संकटमा छन्।

सरकारप्रति उहाँले स्पष्ट आग्रह गर्दै भन्नु भयो, ‘भवन निर्माणमा बजेट खर्च गर्नु भन्दा उत्पादनमूलक क्षेत्रमा लगानी गरिनुपर्छ। भवन बनाउन ५०–६० लाख बजेट नदिनुस्, हामी उद्यमीलाई १०–१२ लाखको मेसिन किन्ने बजेट दिनुस्। हामी काम गर्न सक्छौँ। हामीलाई मेसिन र प्रविधि उपलब्ध गराइदिए हजारौं महिला उद्यमी अघि बढ्न सक्छन्।’

उहाँले ग्रामीण उत्पादनको उचित ब्रान्डिङ, प्याकेजिङ र बजार विस्तारमा ध्यान दिए अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने सम्भावना रहेको उल्लेख गर्नु भयो ।
आधुनिक प्रविधि र विना धितो ऋणको खाँचो रहेको भन्दै उहाँले भन्नु भयो, ‘हामीले राम्रो प्याकेजिङ र ब्रान्डिङ गर्न सके डलर भित्र्याउन सक्छौं।’
सामाजिक विभेदका बाबजुद आफूले निरन्तर संघर्ष गर्दै सफलता हासिल गरेको बताउँदै बिकले अन्य महिलालाई पनि आत्मनिर्भर बन्न आग्रह गर्नु भयो।

‘हिमालपारिको दुर्गम ठाउँबाट मैले गर्न सके भने अरूले पनि सक्छन्,’ उहाँले भन्नु भयो।

उहाँले कृषिको जिम्मेवारी अहिले महिलाको काँधमा आएको उल्लेख गर्दै सरकारलाई महिला उद्यमीलाई लक्षित तालिम, प्रविधि र बजार पहुँचमा सहयोग गर्न आग्रह गर्नु भयो।

‘अवसर खोज्ने र चुनौती सामना गर्ने क्षमता महिलामा छ, अब सरकारले साथ दिनुपर्छ,’ उहाँले भन्नु भयो।
दलित र दुर्गम भूगोलको चुनौती चिर्दै अघि बढेकी उहाँ महिलाहरूलाई घरभित्र सीमित नहुन आग्रह गर्नु हुन्छ्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’सम्म नियमन, भ्रामक विज्ञापनमा क्षतिपूर्ति

काठमाडौँ, १८ असार ।  विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

काठमान्डौ-असर १८ गते। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौती गर्ने तयारी गर्नुभएको छ।

विधेयक हतारमा पारित गर्न खोजिएको भन्दै सांसद शर्माको असन्तुष्टि

काठमाडौं,१८ असार । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पर्याप्त छलफलविना हतारमा पारित गर्न नहुने

पासपोर्ट छपाइ र अख्तियार विवादबारे संसदमा गर्जिए कांग्रेस सांसद बुढा

काठमाडौं,१८ असार । नेपाली कांग्रेसका सांसद खड्क बहादुर बुढाले वर्तमान सरकारको सुशासन र संवैधानिक निकायहरूको स्वतन्त्रता माथि गम्भीर प्रश्न उठाउनु भएको छ । प्रतिनिधिसभाको बिहीबारको

प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको एमाले सांसद खातुनको आरोप

काठमाडौं,१८ असार । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर देश र जनताका सवालमा स्पष्ट जवाफ दिन आग्रह गर्नु भएको छ्। बिहीबार

बैंगलोरमा तत्काल नेपाली नियोग स्थापना गर्न सांसद महरको माग

काठमाडौं,१८ असार । नेकपा एमालेका सांसद ऐन महरले भारतको बैंगलोरमा नेपाली महावाणिज्य दूतावास वा कूटनीतिक नियोग तत्काल स्थापना गर्न सरकारसँग माग गर्नु भएको छ। बिहीबार