यस पटकको संसद पक्ष र विपक्षको सिमाभन्दा माथि उठ्नै पर्ने मन्त्री गौतमको दाबी

काठमाडौं,२२ चैत । कानुनमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले यस पटकको संसद पक्ष र विपक्षको सिमाभन्दा माथि उठ्नैपर्ने बताउनु भएको छ ।

 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोल प्रसाद अर्यालको समर्थकको रुपमा आफ्नो कुरा राख्दै उहाँले संसदमा नयाँ उर्जासहित आएका सांसद र दिर्घ संसद अुनभव बोकेका अग्रजहरुको समिश्रणले संसदलाई अझ परिपक्क बनाउनतिर लैजान आवश्यक रहेको धारणा राख्नु भयो।

उहाँले भन्नु भयो,‘यस पटकको संसद पक्ष र विपक्षको सिमाभन्दामाथि उठ्नैपर्छ । यो संसद जनताको मुद्दामा केन्द्रीत हुनैपर्छ । समाधनोन्मुख र स्पष्टरुपमा परिणामुखी बन्नैपर्छ । नयाँ उर्जासहित आएका सांसद र दिर्घ संसद अुनभव बोकेका अग्रजहरुको पनि उपस्थिति छ । जसले मिलेर अझ यो संसदलाई परिपक्क बनाउनतिर लाग्नै पर्नेछ ।’
त्यस्तै उहाँले वहस केवल वहसमा मात्रै सिमित रह्यो भने जनताको विश्वास कमजोर हुँदै जाने भन्दै संसदमा स्वस्थ वहस आवश्यक रहेको बताउनु भयो।

‘लोकतन्त्र केवल भाषण र वहसले मात्र ल्याउने होइन् । हाम्रा वहसहरुले ल्याउने परिणामले पनि अर्थपूर्ण छ कि छैन भन्ने कुराको सन्देश दिन्छ । त्यसैले स्वस्थ्य वहस आवश्यक छ । तर वहस केवल वहसमा मात्रै सिमित रह्यो भने जनताको विश्वास कमजोर हुँदै जान्छ । त्यसैले यस पटकको वहस अर्थपूर्ण उत्तरदायी र परिणाममुखी हुनुपर्छ,’ उहाँले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुकुम्बासी समस्यामा सांसद राईको आपत्ति

काठमाडौं,१८ असार । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक अधिकारको बेवास्ता गरेको आरोप लगाउनु भएको

मुलुकी अपराध संहिता संशोधन प्रस्ताव फिर्ता लिन शाहीको माग

काठमाडौं,१८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ संशोधनका नाममा ल्याएको प्रस्तावित मस्यौदा संविधान

निर्मला पन्तको फाएल खुल्दै , बल्दै फेरि एकपटक आशाको दियो

कञ्चनपुर,१८ असार । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको झन्डै ८ वर्ष पुग्न लाग्दा पनि न्याय मिल्न सकेको छैन। यही पृष्ठभूमिमा

२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९।५ प्रतिशत वृद्धि

काठमाडौं,१८ असार । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको

ट्राफिक प्रहरीको कारवाहीमा मुख्यमन्त्री शाह

धनगढी,१८ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक प्रहरीको कारवाहीमा पर्नु भएको छ । मुख्यमन्त्री शाहले हेल्मेट विना नै मोटरसाइकल चलाएको भिडियो बाहिरिएपछि

त्रिवि सेवा आयोगका अध्यक्षको नियुक्तिप्रति महासचवि पोखरेलको व्यंग्य –‘जान्नेलाई छान्नेको गजबको तरिका रहेछ ’

काठमाडौं,१८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरेको सरकारले मेयरको उम्मेद्वार बनेका व्यक्तिलाई सेवा आयोगको अध्यक्ष बनाएकोमा आपत्ती प्रकट गर्नु