नवनिर्वाचित सभामुख अर्याललाई दलीय आबद्धता नराखी तटस्थ रहन अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौँ,२२ चैत । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल दलीय आबद्धता नराखेर तटस्थताका साथ प्रतिनिधि सभालाई अगाडि बढाउने विश्वास आफ्नो रहेको बताउनु भएको छ् ।

 

प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुखमा अर्याललाई निर्वाचित गरियोस् भन्ने रवि लामिछानेको प्रस्तावको समर्थन गर्दै मन्त्री डा. वाग्लेले भन्नु भयो‘दलीय आबद्धता नराखेर तटस्थ हुनुहुनेछ । खरो साबित हुनुहुनेछ ।’

 

उहाँले यसअघिका ३ सभामुखको उदाहरण दिँदै उनीहरूले स्थापित गरेका मानकलाई अर्यालले झन् बलियो बनाउने अपेक्षा आफूले राखेको बताउनु भयो ।

डा. वाग्लेले २०१५ सालमा तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराईले सरकार सत्तापक्षको र संसद् विपक्षको हुनुपर्छ भन्दै स्थापित गरेको मानक, त्यसलाई २०४८ सालको निर्वाचनपछि सभामुख भएका दमननाथ ढुङ्गानाले दिएको निरन्तरता र ०६५ को निर्वाचनपछि त्यो बेला संक्रमणकालबाट गुज्रिरहेको मुलुकलाई पार लगाउन सभामुखका रूपमा सुवासचन्द्र नेम्वाङले निभाएको भूमिकाको मानलाई निरन्तरता अर्यालले दिनेमा आफू विश्वस्त रहेको पनि बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुकुम्बासी समस्यामा सांसद राईको आपत्ति

काठमाडौं,१८ असार । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक अधिकारको बेवास्ता गरेको आरोप लगाउनु भएको

मुलुकी अपराध संहिता संशोधन प्रस्ताव फिर्ता लिन शाहीको माग

काठमाडौं,१८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ संशोधनका नाममा ल्याएको प्रस्तावित मस्यौदा संविधान

निर्मला पन्तको फाएल खुल्दै , बल्दै फेरि एकपटक आशाको दियो

कञ्चनपुर,१८ असार । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको झन्डै ८ वर्ष पुग्न लाग्दा पनि न्याय मिल्न सकेको छैन। यही पृष्ठभूमिमा

२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९।५ प्रतिशत वृद्धि

काठमाडौं,१८ असार । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको

ट्राफिक प्रहरीको कारवाहीमा मुख्यमन्त्री शाह

धनगढी,१८ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक प्रहरीको कारवाहीमा पर्नु भएको छ । मुख्यमन्त्री शाहले हेल्मेट विना नै मोटरसाइकल चलाएको भिडियो बाहिरिएपछि

त्रिवि सेवा आयोगका अध्यक्षको नियुक्तिप्रति महासचवि पोखरेलको व्यंग्य –‘जान्नेलाई छान्नेको गजबको तरिका रहेछ ’

काठमाडौं,१८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरेको सरकारले मेयरको उम्मेद्वार बनेका व्यक्तिलाई सेवा आयोगको अध्यक्ष बनाएकोमा आपत्ती प्रकट गर्नु