सरकारले सातामा दुई दिन सरकारी बिदा दिने महत्वपूर्ण निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको हो। यस निर्णयसँगै अब सरकारी कार्यालयहरूमा कार्यदिवस घट्ने भएका छन् भने कर्मचारीहरूले हप्तामा दुई दिन विश्राम पाउनेछन्।
यसैगरी, उक्त बिदा व्यवस्था शैक्षिक संस्थाहरूमा पनि लागू हुने बताइएको छ। सरकारको यो कदमले कर्मचारी तथा विद्यार्थीहरूको कार्य–जीवन सन्तुलन सुधार हुने, उत्पादकत्व बढ्ने तथा समग्र जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।









