एसईई गेटमै शिक्षकको आशीर्वाद

काठमाडौं,२३ चैत । देशभर अहिले माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेको छ । परीक्षा केन्द्रहरूमा विद्यार्थीहरू आफ्नो भविष्यको महत्त्वपूर्ण मोड पार गर्न व्यस्त छन् । तर यो केवल प्रश्नपत्र र उत्तरको मात्र कुरा होइन, यससँग जोडिएको छ भावनात्मक सम्बन्ध, आशा, चिन्ता र माया । यस्तै एउटा मनछुने दृश्य ललितपुर धापाखेलस्थित जेम्स स्कूलका शिक्षकले विद्यार्थीप्रति देखाएको सहानुभूतिबाट स्पष्ट हुन्छ । त्यहाँका भाइस प्रिन्सिपल राम प्रसाद बस्याल प्रत्येक दिन परीक्षा सुरु हुनुअघि केन्द्रको गेटमा उभिनु हुन्छ ।

 

विद्यार्थीहरू भित्र छिर्नुअघि उनीहरूलाई मुस्कानसहित ‘गड ब्लेस यू’ भन्दै आशीर्वाद दिन्छनु हुन्छ। उहाँका शब्दहरू केवल शुभकामना मात्र होइनन्, आत्मविश्वास जगाउने ऊर्जा पनि हुन् । जेम्सको एसईई परीक्षा केन्द्र लगनखेलको नमुना मच्छिद्र माध्यमिक विद्यालय हो । बस्यालका लागि विद्यार्थीहरू केवल विद्यार्थी होइनन् उनीहरू आफ्नै छोराछोरीजस्तै हुन् । उहाँ भन्नु हुन्छ , ‘यो त परिवारजस्तै हो । छोराछोरीजस्तै लाग्छन् । उनीहरूको चिन्ता लाग्छ के गर्लान, कस्तो लेख्लान भन्ने लागिरहन्छ । म केही बोल्दा उनीहरूलाई हिम्मत मिल्ला कि भन्ने महसुस हुन्छ ।’

 

शिक्षक र विद्यार्थीबीचको सम्बन्ध केवल कक्षाकोठामा सीमित हुँदैन । यो सम्बन्ध विश्वास, माया, जिम्मेवारी र मार्गदर्शनमा आधारित हुन्छ । कक्षा १ देखि १० सम्म विद्यार्थीहरू शिक्षककै छायाँमा हुर्किन्छन् । शिक्षकले उनीहरूलाई किताबको ज्ञान मात्र होइन, जीवनका मूल्य, अनुशासन र सही बाटो पनि सिकाउँछन् । जसरी आमाबुबा आफ्ना सन्तान सफल भएको देख्न चाहन्छन्, त्यसैगरी शिक्षकहरू पनि आफ्ना विद्यार्थीको सफलतामा गर्व गर्छन् । बस्यालका शब्दमा, ‘हाम्रो पेसा नै विद्यार्थीको भविष्यसँग जोडिएको छ । उनीहरूले कस्तो लेख्छन्,‘कस्तो नतिजा ल्याउँछन् भन्ने चिन्ता लाग्नु स्वाभाविक हो ।’

 

एसईईजस्तो महत्त्वपूर्ण समयमा यो सम्बन्ध अझ गहिरो बन्छ । विद्यार्थीहरूले शिक्षकको माया र विश्वासलाई आत्मसात् गर्दै परीक्षा दिन्छन्, जसले उनीहरूलाई आत्मविश्वासी बनाउँछ । शिक्षक केवल ज्ञान दिने व्यक्ति मात्र होइनन् उनीहरू भविष्य निर्माण गर्ने मार्गदर्शक हुन् । विद्यार्थीको सफलतामा उनीहरूको योगदान अमूल्य हुन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९।५ प्रतिशत वृद्धि

काठमाडौं,१८ असार । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको

ट्राफिक प्रहरीको कारवाहीमा मुख्यमन्त्री शाह

धनगढी,१८ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक प्रहरीको कारवाहीमा पर्नु भएको छ । मुख्यमन्त्री शाहले हेल्मेट विना नै मोटरसाइकल चलाएको भिडियो बाहिरिएपछि

त्रिवि सेवा आयोगका अध्यक्षको नियुक्तिप्रति महासचवि पोखरेलको व्यंग्य –‘जान्नेलाई छान्नेको गजबको तरिका रहेछ ’

काठमाडौं,१८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरेको सरकारले मेयरको उम्मेद्वार बनेका व्यक्तिलाई सेवा आयोगको अध्यक्ष बनाएकोमा आपत्ती प्रकट गर्नु

फोन नम्बर बिना व्हाट्सएपमा कुराकानी गर्ने सुविधा आउँदै

काठमाडा,१८ असार । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ