चौकीडाँडा–फल्टुडे सडक ढिलाइः आक्रोसित स्थानीयद्धारा सडक बन्द

धनगढी,२३ चैत। कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिका जोड्न चौकीडाँडा–फल्टूडे सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय आक्रोसित बनेका छन् । २०८१ चैतमा निर्माण सम्पन्न हुनुपर्ने सडक एक बर्षसम्म पनि कालोपत्रे नभएपछि स्थानीय आक्रोसित बनेका हुन् । यस अघि २०८२ भदौ २३ गते मा स्थानीले सडक अवरुद्ध गरेका थिए ।

 

जिल्ला प्रशासन कार्यालय कैलालीका तत्कालिन प्रमुख जिल्ला अधिकारी, निर्माण व्यवसायी र स्थानीयको छलफलपछि ठेकेदारले फागुन मसान्तसम्म सडक कालोपत्रे गर्ने लिखित सहमति गरेका थिए ।
तर तोकेको समयमा काम सम्पन्न नभएपछि स्थानीयले फेरी सडक अबरुद्ध गर्न थालेका छन् । ‘स्थानीय र जनप्रतिनिधिको आन्दोलन बिच भदौ २३ गते ठेकेदार सँग काम गर्ने समयसीमा तोकेर तमसुक नै बनाइएको थियो,’ कैलालीको गोदावरी नगरपालिका–१० का प्रेम महराले भन्नु भयो, ‘तर ठेकेदारले लिखित सम्झौताको वेवास्ता गरेको छ, सडक अहिले पनि अलपत्र छ, त्यसैले हामीले शनिबार एक दिन सडक अबरुद्ध गरेका छौं, काम सुरु नभए केही दिनमै अनिश्चितकालका लागि सडक अबरुद्ध गर्न हामी बाध्य हुने छौं ।’

 

सुदूरपश्चिम प्रदेश पूर्वाधार विकास कार्यालय कैलालीमा पूर्वाधार विकास कार्यालय पहिलो पक्ष र ठेकेदार कम्पनी दोस्रो पक्ष रहने गरी गोदावरी नगरपालिकाका नगरप्रमुख, वडाध्यक्षको रोहबरमा समयसीमा तोकेर तमसुक गरिएको उहाँले बताउनु भयो ।

 

लिखित सहमति अनुसार चौकीडाँडा फल्टुडे सडक अन्तरगतको अढाई किलोमिटर सडक निर्माणको ठेक्का पाएको सनलाइट थेगिम एडभेन्चर जेभीले फागुन ३० गतेभित्र सडक कालोपत्रे गर्ने सम्झौता गरेको थियो । आर्थिक वर्ष २०७६÷०७७ देखि निर्माणको काम सुरु गरिरहेको उक्त कम्पनीले असोज ३० सम्म सब बेसको काम गर्ने, कार्तिक ३० सम्म बेसको काम गर्ने, मंसिर १५ सम्म पहिलो लेयरको कालोपत्रे गर्ने, फागुन ३० सम्म दोस्रो लेयरको कालोपत्रे गरेर चैत ३० सम्म अन्य काम सकेर हस्तान्तरण गर्ने सम्झौता भएको थियो । तर, हाल उक्त कम्पनीले पहिलो लेयरको कालोपत्रेको आधा काम पनि गरेको छैन भने बाँकी सडक अझै धुलाम्मे अवस्थामै रहेको छ ।

 

आर्थिक वर्ष २०७९÷०८० देखि उक्त सडक निर्माणको काम सुरु गरेको तेडी निर्माण सेवाले पनि ३ किलोमिटर सडक कालोपत्रे गरेर पुस ३० मा हस्तान्तरण गर्ने तमसुक गरेको थियो । भदौ २३ मा भएको तमसुक अनुसार असोज ३० सम्म सब बेसको काम गर्ने, कार्तिक ३० सम्म बेसको काम गर्ने, मंसिर १५ सम्म पहिलो लेयरको कालोपत्रे गर्ने, मंसिर ३० सम्म दोस्रो लेयरको कालोपत्रे गर्ने र पुस ३० मा हस्तान्तरण गर्ने सम्झौता भएको थियो । उक्त कम्पनीले भने हालसम्म कालोपत्रेको काम सुरु समेत गरेको छैन ।

 

सडक निर्माणमा चरम ढिलासुस्तीपछि सो सडक क्षेत्रमा पर्ने वडा नम्बर ३, १०, ११ र १२ का वडाध्यक्षहरूले भदौ १९ गते देखि सडकबाटै सेवा दिँदै चरणबद्ध आन्दोलनका कार्यक्रम गरेपछि पूर्वाधार विकास कार्यालय, ठेकेदार बिच तमसुक भएको थियो । तर, तमसुक अनुसार काम नहुँदा पनि जनप्रतिनिधिले पनि वास्ता नगरेको स्थानीयको भनाइ छ ।

 

चौकिडाँडा फल्टुडे सडक अन्तरगत दुवै ठेकेदारले करिब साढे ५ किलोमिटर सडक अलपत्र पार्दा स्थानीयले भने सास्ती खेपिरहेका छन् । लामो समय देखि सडक अलपत्र छोडिदा बर्खामा हिलाम्मे र सुख्खा मौसममा सडक धुलाम्मे हुने गरेको छ । सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरेपछि आजित स्थानीयले शनिवार (चैत २१) सडक बन्द गरिदिएका छन् । स्थानीयले सडक धुलाम्मे भएर समस्या भएको भन्दै उक्त सडकमा सवारी साधनमा रोक लगाएका हुन ।

 

स्थानीय कृष्ण जोशीले सडक चाँडो निर्माण होस भनेर दाबाव दिन सडक बन्द गरिएको बताउनु भयो । उहाँले एक महिना अघिपनि दबाब दिँदा सडक निर्माणको काम सुरु गरिएको भए पनि पुनः ५÷७ दिनमै ठेकेदार गायब भएको बताउनु भयो । धुलाम्य सडकका कारण स्थानीयले सास्ती खेप्नु परेको उहाँको गुनासो छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९।५ प्रतिशत वृद्धि

काठमाडौं,१८ असार । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको

ट्राफिक प्रहरीको कारवाहीमा मुख्यमन्त्री शाह

धनगढी,१८ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक प्रहरीको कारवाहीमा पर्नु भएको छ । मुख्यमन्त्री शाहले हेल्मेट विना नै मोटरसाइकल चलाएको भिडियो बाहिरिएपछि

त्रिवि सेवा आयोगका अध्यक्षको नियुक्तिप्रति महासचवि पोखरेलको व्यंग्य –‘जान्नेलाई छान्नेको गजबको तरिका रहेछ ’

काठमाडौं,१८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरेको सरकारले मेयरको उम्मेद्वार बनेका व्यक्तिलाई सेवा आयोगको अध्यक्ष बनाएकोमा आपत्ती प्रकट गर्नु

फोन नम्बर बिना व्हाट्सएपमा कुराकानी गर्ने सुविधा आउँदै

काठमाडा,१८ असार । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ