तिब्र रुपमा बर्डफ्लु रोग फैलिद

यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्डफ्लु रोग देखिएको बताउनुभयो । यसअघि चैत अगाडि यस वर्ष बर्डफ्लु देखिएको थिएन ।

 

वर्ष पहिलोपटक चैत ६ गते मोरङ जिल्लाको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकै साथ दुई स्थानमा बर्डफ्लु देखिएको थियो । उहाँका अनुसार सुनसरीमा १२ स्थान, मोरङमा सात स्थान, झापाdf दुई ठाउँ, चितवनमा एक ठाउँ र काठमाडौँमा एक स्थानमा बर्डफ्लु रोग देखिएको छ । उहाँले बर्डफ्लु देखिएको स्थानलाई नियन्त्रणमा लिई फैलिन नदLखिएको बताउनुभयो ।

 

उहाँका अनुसार ती स्थानमा एक लाख चार हजार कुखुरा एवं हाँस नष्ट गरिएको छ । काठमाडौँको त्रिभुवन विश्वविद्यालय परिसरका कागमा बर्डफ्लु देखिएको थियो । सुनसरी, झापा र मोरङमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि ती जिल्लामा पशुपक्षी ओसारपसारमा प्रतिबन्ध लगाइएको महानिर्देशक डा दाहालले बताउनुभयो ।

 

“बर्डफ्लु देखिएको स्थानमा हामीले बर्डफ्लु क्षेत्र घोषणा गरेर आकस्मिक रोग अन्वेषण टोलीले ती पशुपक्षीलाई नष्ट गर्ने काम गरेको छ,” उहाँले भन्नुभयो, “हामीले बर्डफ्लु रोग नियन्त्रणमा गरेको कामबाट धेरै नमूनामा बर्डफ्लुको सङ्क्रमण देखिएको छैन ।” सरकारले बर्डफ्लु देखिएपछि हाँस, कुखुरा नष्ट गर्ने गर्दछ र सो बापत ७५ प्रतिशत क्षतिर्पूति किसानलाई उपलब्ध गराउँदै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बेलडाँगी शिविरमा एक युवा मृत फेला

दमक ,२३ चैत । झापाको दमकमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। दमक नगरपालिका–३ बेलडाँगी शिविर सेक्टर C2 हट नम्बर २०४ बस्ने ५४ वर्षीय

अर्थमन्त्रीको आश्वासनपछि नेप्सेमा उच्च उछाल

काठमाडौं,२३ चैत ।  साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। पछिल्ला दिनमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा

सरकारी विज्ञापन नीतिमा विभेद भएको आरोप

जनकपुर,२३ चैत। मधेश प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादवले नेपाल सरकारले केही दिन अघि सरकारी विज्ञापन प्रकाशन÷प्रसारण सम्बन्धी लागु गरेको नियमहरु विभेदपूर्ण रहेको धारणा व्यक्त गर्नु

तिब्र रुपमा बर्डफ्लु रोग फैलिद

यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्डफ्लु रोग देखिएको

चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक

बिर्तामोड, चैत २३ । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक चन्द्रगढी युवा क्लबले सामाजिक सञ्जालमार्फ खेल तालिका

दमकको लालिगुरास मोडल स्कुल प्रविधिमा अव्वल बन्दै

दमक,२३ चैत । विद्यालयको अवस्था कस्तो छ भनेर हर कोहीले सोध्यो भने दिने जवाफ विद्यालयले प्राप्त गरेको जिपिएको प्रतिशत हो । अनी कतिपयले त्यसैलाई आधार