सरकारी विज्ञापन नीतिमा विभेद भएको आरोप

जनकपुर,२३ चैत। मधेश प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादवले नेपाल सरकारले केही दिन अघि सरकारी विज्ञापन प्रकाशन÷प्रसारण सम्बन्धी लागु गरेको नियमहरु विभेदपूर्ण रहेको धारणा व्यक्त गर्नु भएको छ।
सोमबार जनकपुरधामस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आर्थिक गतिवीधिबारे जानकारी गराउने क्रममा अर्थमन्त्री यादवले सरकारले लागु गरेको विज्ञापन सम्बन्धी नियमले मिडिया हाउस र सञ्चारकर्मीहरुसंग विभेद भएको बताउनु भयो ।

उहाँले यस विषयमा प्रदेश सरकार गम्भिर रहेको धारण राख्नु भएबो छ। मन्त्री यादवले अहिलेको सरकार मजबुत रहेको भन्दै विभेदपूर्ण नीति ल्याउनुको साटो सुधारोन्मुख कार्यक्रम ल्याएर सम्पूर्ण पत्रकार र मिडियाकर्मीहरुलाई सम्बोधन गर्नुपर्ने बताउनु भयो । उहाँले जोखिम मोलेर अहोरात्र खट्ने सञ्चारकर्मीहरुको भूमिकाको प्रशंसा गर्नु भयो।

त्यस्तै अर्थमन्त्री यादवले विगतमा प्रदेश सरकारको मातहतमा सुरु भएका विभिन्न आवास निर्माणका योजनाहरुलाई सम्पन्न गर्ने बताउनु भयो ।
उहाँले प्रदेश सरकारले यस वर्ष मुख्यमन्त्री आवास कार्यक्रमको सुरुवात गरेर गरीब, विपन्न, दलित समूदायका लागि आवास निर्माण गर्ने लक्ष्य राखेकोमा पहिलै अधुरो रहेको आवास निर्माणका योजनाहरु सम्पन्न गरी अनि मात्र नयाँ योजनालाई अघि बढाउने जानकारी दिनु भयो ।
मन्त्री यादवले टुक्रे योजनाहरु भन्दा जनताले देख्ने र अनुभूति गर्नसक्ने कार्यहरुमा प्रदेश सरकारले जोड दिने ध्येयका साथ काम गर्ने बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९।५ प्रतिशत वृद्धि

काठमाडौं,१८ असार । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको

ट्राफिक प्रहरीको कारवाहीमा मुख्यमन्त्री शाह

धनगढी,१८ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक प्रहरीको कारवाहीमा पर्नु भएको छ । मुख्यमन्त्री शाहले हेल्मेट विना नै मोटरसाइकल चलाएको भिडियो बाहिरिएपछि

त्रिवि सेवा आयोगका अध्यक्षको नियुक्तिप्रति महासचवि पोखरेलको व्यंग्य –‘जान्नेलाई छान्नेको गजबको तरिका रहेछ ’

काठमाडौं,१८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरेको सरकारले मेयरको उम्मेद्वार बनेका व्यक्तिलाई सेवा आयोगको अध्यक्ष बनाएकोमा आपत्ती प्रकट गर्नु

फोन नम्बर बिना व्हाट्सएपमा कुराकानी गर्ने सुविधा आउँदै

काठमाडा,१८ असार । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ