अपरेसन ड्रपः मकवानपुरमा २ दिनमै ४० भन्दा बढी पक्राउ

हेटौँडा,२४ चैत । मकवानपुर जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेसन ड्रप’ अन्तर्गत दुई दिनमै ४० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।

 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी श्यामबहादुर खत्री तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीको कमाण्डमा खटिएको प्रहरी टोलीले विभिन्न अवैध क्रियाकलापमा संलग्न तथा ठगी धन्दामा सक्रिय व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।

 

एसपी खत्रीले मकवानपुर जिल्लामा बढ्दै गएका अवाञ्छित गतिविधि, ठगी तथा सामाजिक असुरक्षालाई नियन्त्रणमा लिन अभियानलाई कडाइका साथ अघि बढाइएको जानकारी दिनु भयो । उहाँका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

 

यस्तै, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले ‘अपरेसन ड्रप’लाई अझ प्रभावकारी बनाउँदै जिल्लामा अपराध नियन्त्रण र शान्ति सुरक्षाको अवस्था मजबुत बनाउने लक्ष्य राखिएको बताउनु भयो । उहाँले आम नागरिकलाई ढुक्क भएर दैनिक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

 

प्रहरीले अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा पनि अवैध गतिविधिमा संलग्न व्यक्तिमाथि कडा निगरानी तथा कारबाही जारी रहने जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फोन नम्बर बिना व्हाट्सएपमा कुराकानी गर्ने सुविधा आउँदै

काठमाडा,१८ असार । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको