स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गर्न सरकारको जोड

काठमाडौं ,२४ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार रहेको बताउनु भयो। आज विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले स्वास्थ्य सेवा मात्र नभई स्वच्छ वातावरण, खाद्य सुरक्षा र उपभोक्ता अधिकार जस्ता संवैधानिक हकहरू पनि नागरिकको समग्र स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको बताउनु भएको छ ।

उहाँले भन्नु भयो, ‘सबै मानिस स्वास्थ्यसँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिएका अन्य संवैधानिक हक जस्तै स्वच्छ वातावरणको हक खाध्य सुरक्षाको अधिकार, उपभोक्ताको हक पनि महत्त्वपूर्ण रहेको छ । मैलीक हक अधिकार कार्यान्वयन गर्न स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो ।’

यस वर्षको नारा ‘मानव, पशुपन्छी र वातावरणको हित विज्ञान र एक स्वास्थ्य, हाम्रो जित’ लाई उल्लेख गर्दै मन्त्री मेहताले स्वास्थ्यका विविध आयामहरूबीचको अन्तरसम्बन्धमा जोड दिइनु भएको छ। नयाँ स्वास्थ्य चुनौतीहरूको समाधानका लागि विभिन्न सरकारी तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उहाँले स्पष्ट पार्नु भयो।

 

उहाँले भन्नु भयो, ‘नयाँ स्वास्थ्य चुनौती समाधानको लागी हामी सबै जनाको सरकारवाला निकायबिच सहकार्य अपरिहार्य छ । यी स्वास्थ्यको अवधारणको महत्वले आत्मसाथ गर्दै सरकाले सन २०१९ राष्टय एक स्वास्थ्य र नीति स्वकृत गरेको छ ।’ नेपाल सरकारले सन् २०१९ मा राष्ट्रिय एक स्वास्थ्य नीति स्वीकृत गरिसकेको उल्लेख गर्दै उहाँले आगामी दिनमा विशेषगरी नसर्ने रोगहरूको नियन्त्रणका लागि समन्वय र सहकार्य अझ सुदृढ गरिने बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फोन नम्बर बिना व्हाट्सएपमा कुराकानी गर्ने सुविधा आउँदै

काठमाडा,१८ असार । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको