अनुसन्धान जारी

महोत्तरीमा मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु, ३ घाइते

जनकपुर,२४ चैत। महोत्तरीको जलेश्वर सम्सी सडकखण्डमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भिर घाईते भएको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुबै मोटरसाईकलमा तीन÷तीन जना सवार रहेको थियो । मोटरसाईकल एक आपसमा ठोक्किएपछि मोटरसाईकलमा आगो लागेको थियो । दुर्घटनास्थलमा मृत्यु भएको तीनै जनाको शव जलेको छ । मृतक र घाईतेहरुको पहिचान अहिलेसम्म खुल्न सकेको छैन् ।

दुर्घटनास्थलमा फेला परेको सामानहरुका मृतकको शरीरमा रहेको कपडा हेर्दा मृत्यु हुने तीनै विद्यार्थी रहेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय जलेश्वर, महोत्तरीले जनाएको छ ।

जलेश्वर नगरपालिकाको बारुण यन्त्र पुगेर मोटरसाईकलमा लागेको आगो निभाएको छ भने शवलाई पोस्टमार्टमको लागि लैजाने तयारी भइरहेको महोत्तरी प्रहरीले जनाएको छ । यता, घाईते भएको अन्य तीन जनालाई जलेश्वर अस्पताल लगिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,