जीवित आदिवासी सङ्ग्रहालय स्थापना गर्न सांसद अनुष्का श्रेष्ठको माग

काठमाडौँ,२४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुष्का श्रेष्ठले ‘जीवित आदिवासी सङ्ग्रहालय’ स्थापना गर्न सरकारसँग माग गर्नु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकको बोल्दै उहाँले भाषा, लिपि र परम्पराको संरक्षणका साथै पर्यटन प्रवद्र्धन गर्न यस्तो अवधारणा प्रस्ताव गर्नु भएको हो।

उहाँले प्रस्ताव गरेको सङ्ग्रहालय केवल एक भौतिक संरचना मात्र नभई आदिवासी जनजातिका भाषा बोलिने, लिपि लेखन सिकिने र परम्पराहरूको अभ्यास गरिने एक जीवन्त थलो हुने धारणा राख्नु भयो।उहाँले भन्नु भयो,‘नेपालको संविधानले आदिवासी पहिचान गर्ने अधिकार सुनिश्चीत गरेको भएतापनि यो कागजमा नै सिमित हुनुहुँदैन् । यस्तालाई जीवन्त रुपमा व्यवहारमा उतार्नु पर्छ ।

यस सन्दर्भमा ‘जीवित आदिवासी सङ्ग्रहालय’को अवधारणा प्रस्ताव गर्न चाहान्छु । यो केवल एक भौतिक संरचना मात्र नभई आदिवासी जनजातिका भाषा बोलिने, लिपि लेखन सिकिने र परम्पराहरूको अभ्यास गरिने एक जीवन्त थलोको रुपमा विचार गर्न सकिन्छ ।’ त्यस्तै उहाँले यस किसिमको सङ्ग्रहालयले नेपालको पर्यटन क्षेत्रमा दिगो आम्दानी सिर्जना गर्न र विश्वसामु नेपालको विशिष्ट ब्रान्ड निर्माणमा थप इँटा थप्ने दाबी गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,