काठमाडौं,२४ चैत । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशक किरण पण्डित नियुक्त हुनु भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा रिक्त रहेका दुई डेपुटी गभर्नर मध्ये एक पदमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो । विसं २०६२ सालमा बैंकिङ सेवामा प्रवेश गरेका पण्डितलाई अर्थ मन्त्रालयको प्रस्तावमा उक्त जिम्मेवारी दिइएको हो ।

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद
काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।








