काठमाडौं,२५ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जनकसिंह धामीले आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर क्षेत्र नं १ का जनताहरुले सीमा विवाद र खुला सीमाका कारण ठूलो चुनौती भोगिरहेको बताउनु भएको छ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले नेपालीहरूको हातमा लालपुर्जा भएपनि जग्गा भारतीयहरूको चलनभोगमा रहेको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘सीमा विवाद र खुला सीमाका कारण मेरो क्षेत्रका जनताहरूले ठूलो चुनौतीको सामना गर्नु परेको छ । जहाँ गोविन्द गौतम सहीद पनि भएका थिए । नेपालीहरूको हातमा लालपुर्जा छ । जग्गा भारतीयहरूको चलनभोगमा छ ।’
त्यस्तै उहाँले भारतीय पक्षले हुलाकी सडक निर्माणमा अवरोध गरिरहेको पनि जानकारी दिनु भयो ।









