दमकमा ८ कक्षाको नतिजा प्रकाशन

दमक , २६ चैत |दमक नगरपालिका नगर कार्यपालिकाको कार्यालयले कक्षा ८ को आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको छ । नगरपालिका ले आज जारी गरेको सूचनाअनुसार २०८२ चैत ८ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको नगरस्तरीय आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (कक्षा ८) को नतिजा सार्वजनिक गरिएको हो।

 

नगरपालिकाले सबै विद्यालयलाई EMIS प्रणालीमार्फत नतिजा प्राप्त गरी प्रकाशन गर्न आग्रह गरेको छ। यसका लागि सम्बन्धित विद्यालयले emis.cehrd.gov.np वेबसाइटमा आफ्नो User ID र Password प्रयोग गरी लगइन गर्नुपर्नेछ।

 

त्यसपछि Dashboard को Manage Exam मा गई Grade Wise Ledger चयन गरेर नतिजा डाउनलोड तथा प्रिन्ट गर्नुपर्नेछ। यसरी प्रिन्ट गरिएको Ledger नगरपालिकाबाट प्रमाणित गराई विद्यालयले हार्ड कपी सुरक्षित राख्न पनि निर्देशन दिइएको छ।

त्यस्तै, दुई वा सोभन्दा बढी विषयमा NG प्राप्त गरेका विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षा दिने व्यवस्था गरिएको छ। सम्बन्धित विद्यालयले विद्यार्थीको विवरणसहित २०८३ वैशाख ५ गतेसम्म शिक्षा, युवा तथा खेलकुद शाखामा विवरण पेश गर्नुपर्नेछ। ग्रेडवृद्धि परीक्षा वैशाख ११ र १२ गते सञ्चालन हुने र उत्तरपुस्तिका परीक्षणपछि वैशाख १५ गतेभित्र शाखामा बुझाउनुपर्ने व्यवस्था गरिएको शिक्षा अधिकृत सोमनाथ गुरागाईले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको