अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडामा बृद्धी

काठमाडौं,२६ चैत । यातायात व्यवस्था विभागले अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा स्वचालित प्रणाली अनुसार समायोजन गरिएको जानकारी दिएको छ । चैत्र २५ गते डिजेल मूल्य तथा अन्य १३ वटा आर्थिक–सामाजिक सूचकको आधारमा यात्रुवाहक र मालवाहक सवारीको भाडा बढाइएको हो ।

समायोजन अनुसार, यात्रुवाहक सवारीको भाडा १६.७१ प्रतिशत, पहाडी मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत, र तराई मार्ग मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि भएको छ ।

 

यातायात व्यवस्था विभागको सूचना अनुसार काठमाडौं–विराटनगर सुपर डिलक्स बसको भाडा रुपैयाँ २४०७, डिलक्स रुपैयाँ. २००६, सामान्य रुपैयाँ १६७१ कायम गरिएको छ । यस्तै, काठमाडौं– धनकुटा सुपर डिलक्स रुपैयाँ २७९२, डिलक्स रुपैयाँ २३२७, सामान्य रुपैयाँ १९३९, सामान्य (समान्य) रुपैयाँ १६६१ कायम गरिएको छ । डिलक्स सेवामा २०% थप भाडा र सुपर डिलक्स सेवामा डिलक्स भाडामा २०% थप भाडा लिन सकिनेछ, जुन ब्लु बुकबाट प्रमाणित हुनुपर्ने सूचना उल्लेख छ ।

 

यातायात विभागले यात्रुहरूलाई टिकट अनिवार्य जारी गर्न, तोकिएको भन्दा बढी भाडा नलिन, सहुलियत प्राप्त वर्गलाई सुविधा दिन र बस÷मिनीबसमा रात्री चालकको संख्या सुनिश्चित गर्न अनुरोध गरेको छ । उल्लंघन भएमा कानूनी कारबाही गरिने विभागले जनाएको छ । भाडा सूची तथा थप जानकारी विभागको वेबसाइटमा उपलब्ध हुनेछ । साथै, भाडामा हुने अन्य गुनासोका लागि नागरिकले हेलो सरकार ११११, ट्राफिक प्रहरी १०१÷१०३ वा नजिकको यातायात कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको