नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ विन्दुमा

काठमान्डौं २६ चैत । बिहीबार सेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ विन्दुमा उक्लिएको हो। अघिल्लो दिन नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा पुगेको थियो।

 

नेप्से वृद्धि भएसँगै कारोबार रकममा सुधार देखिएको छ। बुधबार ८ अर्ब ३१ करोड बराबरको सेयर कारोबार भएकोमा आज ९ अर्ब माथिको कारोबार भएको छ।

 

यसदिन ३३८ वटा स्क्रिप्सको २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर ९ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २५१ वटा स्टक्सको मूल्य बढ्दा १६ वटाको मात्रै घट्यो। १ स्टकको मूल्य भने स्थिर रह्यो।

 

नेप्से परिसूचक उच्च अंकले बढ्दा ८ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था,रिलायन्स स्पिनिङ्ग मिल्स,भुजुङ्ग हाइड्रोपावर,रिड्ज लाइन इनर्जी,सोलु हाइड्रोपावर,होटल फोरेस्ट,सुपर खुडी हाइड्रोपावर र सूर्यमुखी हाइड्रो इलेक्ट्रिकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

 

यसदिन अदर्श समूहको उपसूचक सर्वाधिक ३.४३ प्रतिशतले बढ्यो। होटल्स एण्ड टुरिजम,हाइड्रोपावर र मनु एण्ड प्रो समूहको उपसूचक २ प्रतिशत भन्दा बढीले वृद्धि भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण

कोशीले कति खर्च गर्यो अघिल्लो बजेट ?

विराटनगर,१ साउन । नयाँ आर्थिक वर्ष २०८३–८४ सुरु भएसँगै कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा ७० प्रतिशतभन्दा बढी बजेट खर्च गर्न सफल भएको जनाएको छ

पशुपतिनाथमा भक्तजनको घुइँचो

काठमाडौं,१ साउन । साउने संक्रान्तिको अवसरमा आज बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। शुक्रबार साउन महिनाको पहिलो दिन भगवान शिवको

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका