सिर्जना पौडेल केसीको हत्या प्रकरणमा भाञ्जा पक्राउ

पोखरा , २७ चैत । सिर्जना पौडेल केसीको हत्या प्रकरणमा प्रहरीले उहाँका भाञ्जालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार अंशसम्बन्धी विवादका कारण हत्या भएका हो ।

चैत २५ गते सांझ सभागृह चाकेमा सिर्जनामाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको थियो । टाउकोमा गम्भीर चोट लागेपछि उनी सडकमै ढलेकी थिइन् र घटनास्थलमै मृत्यु भएको थियो ।

घटनापछि फरार भएका व्यक्तिको खोजीमा जुटेको प्रहरीले अनुसन्धानका क्रममा मृतककै भाञ्जा संलग्न रहेको पुष्टि गर्दै उहाँलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी यसअघि पनि लागुऔषध, अभद्र व्यवहार र चोरीसम्बन्धी घटनामा संलग्न रहिसकेका थिए ।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार घटनाअघि नै मृतकको निगरानी गरिएको र मौका छोपेर आक्रमण गरिएको देखिएको छ । घटनामा प्रयोग गरिएको मोटरसाइकलका चालक फरार रहेकाले उहाँको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

सिर्जना एकल महिला थिइन् र श्रीमानको मृत्यु भएपछि परिवारभित्र अंशसम्बन्धी विवाद चलिरहेको थियो । सोही विवादकै कारण पारिवारिक सम्बन्धमा तनाव बढ्दै गएको र त्यसैको परिणामस्वरूप घटना घटेको प्रारम्भिक आकलन गरिएको छ ।

प्रहरीले घटनामा अन्य परिवार सदस्यको संलग्नता हुनसक्ने आशंकामा थप अनुसन्धान गरिरहेको जनाएको छ । घटनाबारे विस्तृत जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक गोल्डकप गराउन वाणिज्य संघ तयार

दमक, ३ भदौ। दमकमा तीन वर्षदेखि दमक गोल्डकप फुटबल प्रतियोगिता हुन सकेको छैन। नेपालमै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताका रूपमा चिनिएको दमक गोल्डकप सञ्चालन हुन

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,