काठमाडौं,२७ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त हुनुभएको छ ।
नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुनुहुन्छ ।
उहाँहरूको आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथलिने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शाहले हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै पदमुक्त गनु भएको थियो ।









