राजनीतिक प्रतिशोध भए प्रतिकार गछौं : वरिष्ठ नेता खनाल

काठमाडौं,२६ चैत । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ विधि विरुद्ध, सामान्य प्रक्रियाविरुद्ध र कानुन विरुद्ध भएको टिप्पणी गर्नु भएको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको क्रममा बोल्दै उहाँले सरकारले राजनीतिक रुपले प्रतिशोध लिने कुनै पनि काम कारवाहीहरु गरेमा पार्टीले दृढतापूर्वक प्रतिकार गर्ने बताउनु भएको छ ।

 

उहाँले भन्नु भयो,‘राजनीतिक रुपले प्रतिशोध लिने ढंगले कुनै पनि काम कारवाहीहरु हुन्छ भने हाम्रो पार्टीले दृढतापूर्वक प्रतिकार गछौं । केपी ओली र रमेश लेखकको पक्राउ विधिका विरुद्ध र सामान्य प्रक्रियाविरुद्ध र कानुन विरुद्ध गरिएको थियो । तथापी त्यसलाई सामान्यकरण गरियो ।’

त्यस्तै उहाँले सम्पति छानविनको लागि नेकपाका सम्पूर्ण नेताहरु तयार रहेको बताउनु भएको छ ।

 

४६ सालदेखिको मात्रै नभई ७ सालदेखि कै सम्पति छनाविन गर्नुपर्ने उहाँको माग छ ।

‘सम्पति छानविनको लागि हाम्रो पार्टी एकदमै तयार छ । हाम्रो पार्टीको सबै नेताहरुको छानविन होस्, तर २०४६ साल यताका मात्र होइन् । जुजसुकै कालखण्डमा गलत ढंगबाट सम्पति जोडेका ७ सालदेखिकै सबैलाई छानविन गर्नुपर्छ ।उनीहरुलाई किन जोगाउँदै छ यो सरकारले ?,’उहांँले भन्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।