राजनीतिमा आश्वासन र धोका जायज हुने रहेछ : ज्ञानेन्द्र शाही

काठमाडौं,२७ चैत । ज्ञानेन्द्र बहादुर शाहीले रास्वपाको सभामुख रवि लामिछानेले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि आफूहरुले उपसभामुख पदमा उम्मेदवारी दिएको बताउनु भयो ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदको उम्मेदवारी प्रस्तुत गर्दै उहाँले उपसभामुख पद आफूहरूको प्राथमिकतामा नरहेको बताउनु भएको हो ।

उहाँले भन्नु भयोे,‘उपसभामुखको पद हाम्रा लागि प्राथमिकता थिएन र छैन् पनि । तथापी संसदको ठूलो दलबाट नै प्रस्ताव आएपछि अन्य पूराना दल र हामी परिवर्तन खोज्ने राजनीतिक दलबीचको ध्रुविकरणको संभावनालाई मध्यनजर गर्दै उम्मेदवारी दिने टुंगोमा पुगेका थियौं । सभापतिको सहयोगको आश्वासन प्राप्त गरेपछि उपसभामुखमा उम्मेदवारी दिएका हौं । ’

उहाँले हिजो पूराना भनिएका दल र आज नयाँ भनिएका दलका साइनबोर्ड फरक भएपनि उनीहरूबीच नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको धारणा राख्नु भयोे ।

उहाँले भन्नु भयो,‘आजको हाम्रो उम्मेदवारीले राजनीतिमा स्पष्ट कित्ता प्रष्ट पारेको छ । हिजो पुराना भनिएका दल र आज आज नयाँ भनिएका दलका साइन बोर्डहरु फरक भएतापनि उनीहरुबीचको नीतिगत सिद्धान्त र विचारको नाभी एकै ठाउँमा जोडिएको प्रष्ट भएको छ । संसदमा संख्या होइन भूमिका महत्वपूर्णं हुन्छ । संख्या त केवल सत्ता टिकाइराख्न र सत्ताको गोटी भरिरहन काम लाग्ने हो ।’

त्यस्तै उहाँले युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ भने राजनीतिमा आश्वासन र धोका पनि जायज हुने बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।