उपसभामुख निर्वाचनमा नेकपा एमाले तटस्थ बस्ने

काठमाडौं,२७ चैत । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा नेकपा एमालेले तटस्थ बस्ने भएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद मोहम्मद इस्तियाक राईले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर र राप्रपाबाट सरस्वती लामा उम्मेदवार भएपनि एमालेले कसैलाई भोट नदिने बताउनु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘अहिलेको गरिमामय सदनमा आपसी सहकार्य र एकरुपता हुन नसकेको कारणले उपसभामुखको निर्वाचनमा जानुपर्ने भएकाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) हाम्रो तर्फबाट तटस्थ बस्ने जानकारी गराउन चाहन्छु ।’

 

प्रतिनिधि सभामा एमालेका २५ सांसद रहेका छन् । उपसभामुखमा श्रम संस्कृति पार्टीका तर्फबाट रुवी कुमारी ठाकुर तथा राप्रपाबाट सरस्वती लामा उम्मेदवार रहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक गोल्डकप गराउन वाणिज्य संघ तयार

दमक, ३ भदौ। दमकमा तीन वर्षदेखि दमक गोल्डकप फुटबल प्रतियोगिता हुन सकेको छैन। नेपालमै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताका रूपमा चिनिएको दमक गोल्डकप सञ्चालन हुन

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,