महिलाहरुको आवाज रुबी बन्ने पार्टीको बिश्वास

काठमाडौं,२७ चैत । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले रुबीकुमारी ठाकुरको उम्मेदवारी प्रस्ताव पेस गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमामा प्रस्ताव पेस गर्दै उहाँले उम्मेदवारी प्रक्रियामा सहयोग गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई धन्यवाद समेत दिनु भयो ।

उहाँले भन्नु भयो,‘आज श्रम संस्कृति पार्टीको रुबी कुमारीलाई हामीले अगाडि सार्दैगर्दा नेपालको न्यायको पक्षमा उहाँ उभिनुहुन्छ भन्ने विश्वास छ । सयौंको संख्यामा, हजारौंको संख्यामा मधेकी छोरी चेलीहरु विभिन्न प्रथाको नाममा दबिएका छन् । तमाम ती महिलाहरुको आवाज रुबी बन्ने छन् भन्ने विश्वास छ । हामीले उम्मेदवारी दर्ता गर्दैगर्दा हामीलाई समर्थनको पक्षमा उभिएर समर्थन गर्ने दुई तिहाई बहुमतको पार्टी रास्वपालाई धन्यवाद दिन चाहन्छु ।’
उहाँले सरकारले गरेका काममा विरोधमा सँधै उत्रिने गरेको गलत भाष्य निर्माण भएको बताउनु भयो । उहाँले खबरदारी र विरोध नितान्त फरक कुरा रहेको भन्दै आफूहरुले खबरदारी गरेर नजिकको जिम्मेवार पक्षलाई सचेत गराउँदै सही दिशामा लैजाने प्रयास गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो,‘हामीले जहिल्यै विरोध गछौं भन्ने भाष्य भएको छ । खबरदारी र विरोध नितान्त फरक कुरा हो । खबरदारी कसलाई गरिन्छ भने सबैभन्दा नजिकको पात्रलाई जो उसले चालेको हरेक पाइला सही ठाउँमा होस् भन्ने सोच्छ त्यसैले हामीले विरोध होइन् खबरदारी गरेको हौं ।’
राईले मधेसलगायत विभिन्न क्षेत्रमा अहिले पनि विभिन्न प्रथा र सामाजिक समस्याका कारण महिलाहरू पीडित रहेको उल्लेख गर्दै रुबीकुमारी ठाकुर ती आवाजहरूको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पशुपतिनाथमा भक्तजनको घुइँचो

काठमाडौं,१ साउन । साउने संक्रान्तिको अवसरमा आज बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। शुक्रबार साउन महिनाको पहिलो दिन भगवान शिवको

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित