स्थानीयलाई सास्ती

मुगुमा विशेषज्ञ डाक्टर नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन

मुगु,२७ चैत । सरकारले स्वास्थ्य सेवा पहुँच विस्तारका लागि संविधानमा नै स्वास्थ्य अधिकार सुनिश्चित गर्न विभिन्न नीतिहरु अघि सारेको छ । तर हिमाली जिल्ला मुगुको पश्चिम भेगमा पर्ने खत्याड गाउँपालिका वडा नम्बर ११ स्थित रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि डाक्टर नहुँदा स्वास्थ्य संस्थामा रहेको उपकरण प्रयोगविहीन हुनुका साथै स्थानीय नागरिकहरुले समस्या भोग्दै आएका छन् ।

मुगुको खत्याड गाउँपालिका ११ रातापानीका अन्दाजी ५० वर्षीय धनराज कार्की आफ्नो अपांगता भएका नातिको लागि चिकित्सकीय सिफारिस लिन र आफ्नो आँखा ,पेट र कम्मरमुनिको भाग दुख्ने समस्या लिएर स्वास्थ्य केन्द्र पुगेका थिए । तर स्वास्थ्य सस्थामा डाक्टर नहुँदा उनी सिफरिस र उपचार नगरी रित्तै हात फर्किनुपर्यो ।

स्वास्थ्य केन्द्रमा आवश्यक चिकित्सक नहुँदा बिरामीहरू सामान्य उपचारका लागि समेत घण्टौँ हिँडेर जिल्ला सदरमुकाम गमगढी, पालिकाभित्र रहेका नजिकका मेडीकल र छिमेकी जिल्ला बाजुराको धुलाचौर वा अन्य स्थान पुग्न बाध्य भएका छन् ।
डाक्टर अभावकै कारण स्वास्थ्य केन्द्रमा रहेका उपकरणहरू समेत प्रयोगविहीन बनेका छन् । एक्सरे, भिडियो एक्सरे, हाडजोर्नी, इसीजी, फिजियोथेरापी सम्बन्धी समस्या लिएर आउने बिरामीहरूले समेत उचित जाँच नपाएर फर्किनु परेको छ ।

स्वास्थ्य केन्द्रमा उपकरण भएर के गर्ने एक महिना भन्दा बढी भयो डाक्टर नहुदा सामान प्रयोगबिहीन भएका छन । बिरामी भए पछि हुने खार्ने रुपैया भएका मान्छेहरु बाजुराको कोल्टी,सुर्खेत,नेपालगन्ज जाने गरेको छन । आर्थिक कम भएका बिरामीहरुलाई निकै समस्या भएको छ ।
यसअघि स्वास्थ्य केन्द्रमा डाक्टर विकास धिताल काजमा खटिनु भएको थियो । उहाँको काज अवधि सकिएपछि हाल स्वास्थ्य केन्द्र डाक्टरविहीन भएको छ । डाक्टर अभावका कारण टेलिमेडिसिन, एक्सरे, भिडियो एक्सरे, फिजियो थेरापी, इसिजीजस्ता उपकरण प्रयोगविहीन अवस्थामा छन् ।
स्वास्थ्य केन्द्रका अनुसार सीमित स्रोतसाधन र जनशक्तिले सबै बिरामीलाई प्रभावकारी सेवा दिन कठिन भइरहेको छ । डाक्टर अभाव भएको झण्डै एक महिना बितिसकेको छ ।

डाक्टर अभाव भइरहेकोबारे पालिका, स्वास्थ्य ब्यवस्थापन समितिलगायत सरोकारवाला निकायलाई जानकारी गराइसकेको छ भने स्वास्थ्य संस्थामा औषधी र अन्य सेवाहरु नियमित भइरहेको स्वास्थ्य केन्द्रमा कार्यरत सिनियर अहेब नारायण कार्कीले बताउनु भयो ।
डाक्टरको ब्यावस्थापनको लागि के भइरहेको छ भन्दा खत्याडगाँउपालिकाले अबको केही समयमा ब्यावस्था पन गर्नको लागि पालिकाबाट ब्यावस्था भई रहेको खत्याड गाँउपालिकाले जनाएको छ ।
रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा खत्याडका मात्र नभई छिमेकी जिल्ला बाजुरा र हुम्लाबाट समेत बिरामी आउने गरेका छन्।
तर डाक्टर अभावका कारण उनीहरू पनि उपचारविहीन फर्कनु परेको छ । दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन राज्यले दरबन्दीसहित स्वास्थ्यकर्मी खटाउनुपर्ने माग स्थानीयवासीले गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको