काठमाडौं,२८ चैत । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाने हुनु भएको छ । उहाँको सचिवालयका अनसार भट्टराई भोलि (आइतबार) भारत प्रस्थान गर्नु हुने छ ।
भ्रमणका क्रममा उहाँ भारतको ग्वालियर स्थित आईटीएम युनिभर्सिटीको औपचारिक निमन्त्रणामा १ वैशाखमा आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुनु हुनेछ ।
उक्त कार्यक्रम राममनोहर लोहियाको स्मृतिमा आयोजना हुँदै आएको हो भने भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसरसँग पनि जोडिएको छ ।
भट्टराईसँगै उहाँकी पत्नी तथा पूर्वमन्त्री हिसिला यामी पनि भारत जाने कार्यक्रम रहेको छ ।









