नयाँ सरकारपछि आशा बढेको स्वामी आनन्द अरुणको दाबी

काठमाडौं,२८ चैत । स्वामी आनन्द अरुणले नयाँ सरकार आएसँगै अब नेपाल १० वर्षमा सिंगापुर बन्ने आशा जागेको बताउनु भएको छ । लायन्स क्लबको ४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले विगतको हरेक काममा ढिलाईहुने न्यायको लागि पैसा खर्चनुपर्ने जस्ता समस्याको स्मरण गर्दै समयले कोल्टे फेरेको बताउनु भयो ।

 

उहाँले भन्नु भयो,‘हाम्रो हिन्दु संस्कार जुन छ । यसमा सन्यासी र जोगीको एउटा प्रतिष्ठा थियो । यो अहिलेको समयमा चारैतिर एउटा नयाँ जागरण र जागृतिको लहर आएको छ । हाम्रो नेपालमा एउटा बढो निराशाको वातावरण थियो । हरेक काम ढिलो हुन्छ । पैसा नदिइकन न्यायको कुनै काम नै गर्न सकिँदैन् । त्यसको एउटा निराशाको वातावण थियो । तर अहिले समयले एउटा कोल्टे फेरेको छ । तीन करोड जनताको मनमा एउटा आशा जागेको छ । अब नेपालपनि १० वर्षमा सिंगापुर बन्छ भन्ने आशा जागेको छ ।’

 

त्यस्तै उहाँले पानी समेत मलेसियबाट किन्ने सिंगापुरको विकासक्रमको उदाहरण दिँदै देश बनाउन समय नलाग्ने धारणा राख्नु भयो । वामी अरुणले नेपाल आफैमा सम्पन्न राष्ट्र भएको भन्दै नेपाललाई गरिब राख्नलाई राजनीतिले धेरै कसरत गरेको आरोप लगाउनु भएको छ ।

 

उहाँले भन्नु भयो,‘विगतमा धेरै क्रान्ति भए । अब केही होला कि भन्यो केही भएन । भ्रष्टाचार बढिरह्यो । निराशाहरु बढ्दै गए । तर अहिले जुन परिवर्तन भएको यसले आशा जगाएको छ । मुहार फेरिन्छ भन्ने लागेको छ । देश बनाउन समय लाग्दैन् । सिंगारपुरमा केही थिएन । पानी समेत मलेसियबाट किन्नुपथ्र्यो । त्यो देश विकास होला भनेर कसैले सोचेको थिए । तर २०–२५ वर्षमा नै युरोप जस्तो बन्यो । नेपाललाई त परमात्माले सबै दिएको छ । नेपाललाई गरिब राख्नलाई राजनीतिले धेरै कसरत गर्नुपरेको छ । नत्र नेपाल त आफै सम्पन्न राष्ट्र हो ।’

 

त्यसैगरी उहाँले ४० लाख जनसंख्या भएको दुबैमा पर्यटन प्रत्येक वर्ष २ करोड आउने गरेको , ३ करोड ४० लाख जनसंख्या भएको मलेसियाले २०२६ मा ४ करोड ७० लाख पर्यटकको अपेक्षा राखेको जानकारी गराउँदै धेरै आकर्षक ठाउँ हुँदाहुँदै नेपालमा ११–१२ लाख पर्यटक मात्र आउनु दुर्भाग्य रहेको गुनासो गर्नु भयो । उहाँले नेपाललाई योग र ध्यानको राजधानी बनाइ दुनियाभरी प्रचार गर्न प्रस्ताव गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको