एक सातामा स्वास्थ्य मन्त्रालयमा भएका प्रमुख गतिविधि के के हुन्?

काठमाडौँ,२८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो एक सातामा विभिन्न नीति, प्रशासनिक तथा सेवा सुधारसम्बन्धी गतिविधिहरूलाई अघि बढाएको छ । मन्त्रालयले यस अवधिमा अस्पताल तथा स्वास्थ्य संस्थाहरूको सेवा प्रवाह सुधार, औषधि व्यवस्थापन तथा अनुगमनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ ।

 

साथै, स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र सेवा प्रवाहमा देखिएका समस्या समाधानका लागि समीक्षा तथा समन्वय बैठकहरू पनि सञ्चालन गरिएको छ । त्यसैगरी, स्वास्थ्य जनशक्ति व्यवस्थापनअन्तर्गत डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीको सरुवा, पदस्थापन तथा कार्यसम्पादन सुधार सम्बन्धी प्रशासनिक कामहरू अघि बढाइएको छ ।

 

मन्त्रालयले महामारी तथा मौसमी रोग नियन्त्रणका लागि आवश्यक तयारी, निगरानी र सचेतनामूलक गतिविधि विस्तारमा जोड दिएको छ । यही साता स्वास्थ्य बीमा कार्यक्रम तथा सामाजिक सुरक्षा योजनाको प्रभावकारिता बढाउने विषयमा समेत छलफल गरिएकोे छ । यसैबीच, स्वास्थ्य पूर्वाधार विकास तथा अस्पताल उपकरण व्यवस्थापन सम्बन्धी विषयमा पनि सरोकारवालासँग समन्वय तथा मूल्याङ्कन गरिएको मन्त्रालयले जनाएको छ।

 

यही हप्ता मन्त्रालयले स्वास्थ्य सेवालाई थप पारदर्शी, प्रविधिमैत्री र नागरिकमुखी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रालयले अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो । समितिले स्वास्थ्य सेवामा प्रविधिको प्रयोग विस्तार, सेवा प्रवाह सुधार तथा प्रणालीगत पारदर्शिता सुनिश्चित गर्ने विषयमा सुझाव तथा कार्ययोजना तयार गर्नेछ ।

 

साथै औषधि मूल्यवृद्धि सम्बन्धी उजुरीपछि औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल छानबिन प्रक्रियामा तानिएका छन् । अनियमित तरिकाले औषधिको मूल्यवृद्धि गरिएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छानबिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो । प्रधानमन्त्री कार्यालयले मन्त्रालयलाई पत्राचार गर्दै स्वास्थ्य सचिवमार्फत ७ दिनभित्र विस्तृत छानबिन प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । यसैगरी स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले यसै हप्ता सचेत हुनु परेको थियो ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्री निशा मेहतालाई सचेत गराउन प्रधानमन्त्रीसमक्ष सिफारिस गर्नु भएको थियो। श्रममन्त्री दीपक साहले पदमा बहाल रहँदा पदीय मर्यादा दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको आरोप लागेपछि, सो विषयमा कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरिएको थियो ।
उक्त घटनासँग जोडिएर, स्वास्थ्य मन्त्री निशा मेहताले आफ्नो जिम्मेवारी निर्वाहमा गम्भीरता नदेखाएको भन्दै सभापति लामिछानेले उहाँलाई सचेत गराउन सिफारिस गरेका थिए त्यसपछि प्रधानमन्त्रीले उहाँलाई सचेत गराइसकनु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा