कर्णाली उत्सव सुरु

कर्णालीको सम्भावना र अवसरहरुको विविध बिषयमा बहस

सुर्खेत,२८ चैत। कर्णालीको सम्भावना र अवसरहरुको बिषयमा बहस र पैरवी गर्न कार्यक्रम ‘कुडा कर्नालीका’ कर्णाली उत्सव सुरु भएको छ । संगीतका सात धुनबाट कर्णाली उत्सव सुरु गरिएको हो । विगत सात बर्षदेखि निरन्तर कर्णालीको विविध बिषयहरुमा बहस गरिने कार्यक्रमको यो सातौ संस्करण हो ।

 

शनिबारदेखि सुरु भएको कर्णाली उत्सवमा कर्णालीको बिकासर समृद्धि, यहाँको साहित्य, कला, संगीत, समाजका विविध विषयमा बहस गरिने कार्यक्रमका संयोजक कमलराज लम्सालले बताउनु भयो । उद्घाटन सत्रमा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले नेतृत्वमा ‘नारी नेतृत्व’ विषयमा प्रवचन दिनु भएको थियो। उहाँले राणा शासनदेखि हालसम्मका हरेक आन्दोलनमा महिलाहरुले खेलेको भूमिकाको चर्चा गर्नु भएको थियो । आन्दोलनका हरेक मोर्चा र मुलुककको नेतृत्वसम्म नारीले नेतृत्व गर्न सफल भएको उहाँको भनाई छ ।

‘आन्दोलनका हरेक मोर्चा र मुलुकको शासन सञ्चालनमा महिलाहरुको सहभागिताले उहाँहरु नेतृत्व गर्न सक्षम हुनुन्छ भन्ने देखाएको छ,’ उहाँले भन्नु भयो, ‘संविधानको व्यवस्थाअनुसार सहभागिता भए पनि अझ अर्थ पूर्ण बनाउनुछ ।’

 

कार्यक्रममा बैकिङ लगानीका बिषयमा राष्ट्रिय वाणिज्य बैंकका प्रमूख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले कर्णालीको आम्दानी, उत्पादन र रोजगारी सिर्जना गर्न सके मात्र कर्णालीकाृे बिकास सम्भव भएको बताउनु भयो । ‘स्थानीय उत्पादनमा आधारित उद्यम बिकासका माध्यमबाट कर्णालीको बिकास गर्न सकिन्छ’ उहाँले भन्नु भयो, ‘स्थानीय उत्पादनमा आधारित उद्यम बिकासले मात्र कर्णालीको बिकास गर्न सकिन्छ ।’ कर्णालीमा अर्गानिक कृृषि उत्पादनको माग बढ्दो रहेकोले त्यसको उत्पादन बढाउन योजना बनाउनुपर्ने उहाँले बताउनु भयो।

भौतिक पूर्वाधारको बिकासले मात्र समृद्धि हाँसिल गर्न नसकिने भएकोले आम्दानी बढाउने योजना स्थानीय सरकारले बनाउनु पर्ने उहाँको भनाई छ। कर्णाली उत्सवको सातौ संस्करणसम्म सहकार्य गरेको भन्दै उहाँले बहस निश्कर्ष कुरा भन्दा पनि काम गर्नु पर्ने रहेको भन्दै कामका लागि पनि सहकार्य गर्न तयार रहेको उहाँले बताउनु भयो ।

 

कार्यक्रमको सुरुवातमा विद्धत प्रवचन दिँदै पत्रकार केशव दाहालले कर्णालीलाई पछाडि पारिएको भन्दै त्यसको क्षतिपूर्ती माग गर्नुपर्ने बताउनु भयो । कर्णालीका थुप्रै सम्भावनाहरुलाई ओझलमा पारेर विकटता र अभावको रुपमा परिचित गराएको बताउनु भयो । ‘कर्णालीलाई हेर्ने, सुन्ने र बुझ्नेहरुबीचको फरकले कर्णालीको पहिचान दुर्गममा बदलिदिएको छ’ उहाँले भन्नु भयो, ‘कर्णाली कसरी गरिब भयो ? काठमाडौंबाट कर्णाली दुर्गम देखिएको हो भने कर्णालीबाट काठमाडौं पनि दुर्गम छ नि ?’

 

‘सुइना कर्णालीका’ विषयमा छलफल हुनेछ भने विभिन्न क्षेत्रका वक्ताहरूले आफ्ना धारणहरु राखिरहेका छन् । ‘जेनेजीः सडकदेखि सदनसम्म’ शीर्षकमा बहस आयोजना गरिनेछ । साँझ ४ बजे डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले पैकेलोमार्फत आफ्नो संघर्षको कथा सुनाउनु हुने छ । ‘शक्तिको सोपान बाँडफाँटदेखि विकाससम्म’ विषयमा छलफल हुनेछ । यस सत्रमा विभिन्न विज्ञ तथा वक्ताहरूको सहभागिता रहनेछ । उत्सव सोमबारसम्म चल्ने छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको