ग्रीनलक्सले खोल्यो दमकमा मुख्य कार्यालय

अव ‘इन्टेरीयर’को सुविधा ‘इन्टरनेशनल’ स्तरको

दमक, २८ चैत। ग्रीनलक्स किचन एण्ड इन्टेरीयरको दमकमा मुख्य कार्यालय समुद्धघाटन भएको छ । दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले शुक्रबार रीवन काटेर यसको उद्धघाटन गर्नु भएको हो ।

 

आधुनिक तरिकाका माडुलर किचन, घरको इन्टेरीयर विदेशको जस्तै उत्कृष्ट, तथा कार्यालय सहित अन्य जुनसुकै सेवालाई अन्तराष्ट्रिय स्तरको फिनिसीङ दिने गरी यहाँ ग्रीनलक्स किचन एण्ड इन्टेरीयरको मुख्य कार्यालय खोलीएको हो ।

 

यहाँ इन्टेरीयरको मात्रै सुविधा नभएर अनुभवी तथा देश विदेशमा अध्ययन गरेका अर्किटेक इन्जिनीयरिङ तथा डिजाईन समेतहरुको समेत टिम रहेको छ । नौजवान यूवाहरुको टिमले दिने सेवा उत्कृष्ट हुने यसका सञ्चालक सौरव राजबशींले जानकारी दिनुभयो ।

 

यी यूवाहरु आफ्नो देशमानै सम्भावना खोजीरहेका छन् । पछिल्लो समय बन्ने घरहरु आधुनिक मात्रै नभएर घर भित्रको कोठा तथा भान्सालाई आधुनिक बनाउने चलन मात्रै नभएर आवश्यकतानै भइसकेको छ । यही कुरालाई यी यूवाहरुले अवसरको रुपमा लिएका छन् र ग्रीनलक्स किचन एण्ड इन्टेरीयर थालनी गरेका छन् । यो काम देखेर दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापा पनि दंग हुनु भएको छ ।यूवाहरुको आँट र हिम्मतलाई सम्मान गर्दै व्यवसायीक सफलताको सुभकामना समेत उहाँले व्यक्त गर्नु भयो ।

ग्रीनलक्स किचन एण्ड इन्टेरीयरको सेवा दमकमा मात्रै नभएर इटहरी, बिर्तामोड र अर्जुनधारामा समेत यसका शाखाहरु रहेका छन् । अन्य बिभिन्न स्थानमा डिलहरु समेत राखेर सेवाग्राहिलाई सहज सेवा प्रवाह गर्दै आएको यसका सञ्चालकको भनाई छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको