सुकुम्वासी उठाएर बनीरहेको ‘दमक सपीङ कम्प्लेक्स’ कसरी चलाइने छ ?

दमक, २८ चैत ।दमकको मुख्य बजार क्षेत्रमा बनीरहेको यो हो ‘दमक सपिङ कम्प्लेक्स’ । यो कम्प्लेक्स बन्नु अघी यहाँ सुकुम्बासीहरुको बसोबास थियो भने दमक नगरपालिकाले अस्थाई टहरा समेत बनाएर भाडामा पनि लगाएको थियो । भाडामा बसेर व्यापार गर्नेहरु अधिकांश सुनचाँदी व्यवसायी थिए । त्यसैले यो ठाउँलाई दमकको सुनचाँदी लाईन समेत भन्ने गरिन्थ्यो ।

 

तर अहिले ती सबै संरचना भत्काएर भव्य र आलीसान ‘सपिङ कम्प्लेक्स’ बनाइरहिको छ । अहिले सम्म यसको भौतीक प्रगती करिव ४० प्रतिशत सकियो भने आर्थीक प्रगती करिव ३५ प्रतिशत भएको छ ।

 

दमक सपिङ कम्प्लेक्स’ अण्डर ग्राउण्ड सहित सात तलाको भवन हुने छ । यसमा अण्डर ग्राउण्डमा कार र मोटरसाईकलको पार्कीङ हुने छ भने भुईतलामा व्यवसायीक स्टलहरु राख्न मिल्ने गरीको संरचना बनाइरहिएको छ । भुईतलामा १२ वटा सम्म पसल राख्न मिल्ने गरी बनाइएको छ । यहाँ २ वटा लिफ्ट, २ वटा एस्केलेटर लिफट् समेत हुने छ ।

 

यसपछि पहिलो तलामा एउटा डिपार्टमेण्टल स्टोर सञ्चालनको भाग छोडेर बाँकी ठाउँमा ९ वटा पसल राख्न मिल्ने गरिको कोठा हुने ने छन् । यसमा पनि २ वटा लिफ्ट, २ वटा एस्केलेटर लिफट् समेतको व्यवस्था हुने छ ।

 

यसै गरि दोस्रो तलामा एक क्षेत्रमा बैंकलाई आवश्यक पर्ने क्षेत्रफल छुट्याएको छ र बाँकी ६ वटा पसल पनि राख्न मिल्ने गरीको संरचना बनाइरहिको छ । यहाँपनि २ वटा लिफ्ट, २ वटा एस्केलेटर लिफट् रहने छन् ।

 

तेस्रो तलामा चाहि २ सय २० जना अट्ने गरीको सिनेमा घर र व्यायामशाला सञ्चालन गर्न मिल्ने गरीको ठाउँ बनिरहेको छ । यहाँ चाहि लिफ्ट र एस्केलेटर समेत नहुने यसको निर्माण गरिरहेको सस्थाले जनाको छ ।

 

यसपछि चौथो तलामा सिनेमा हल र त्यो सञ्चालनकालागी आवश्यक संरचना निर्माणकालागी व्यवस्थापन गर्ने गरी निर्माण भइरहेको छ । र पाँचौ तलामा चाहि रफ टप रेष्टुरेण्ट अर्थात खुल्ला रेष्टुरेण्ड तथा बार खोल्न मिल्ने गरीको संरचना बनाइरहिएको छ ।

अनी यो भन्दा माथी चाहि दमक बजार हेर्ने एउटा भ्यू पोइन्ट समेत बन्ने छ । बनिरहेको यो भवनमा कस्तो व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्नेबारेमा दमक नगरपालिका नगर विकास कोषका प्रतिनिधीहरु सहितको उपस्थितीमा जानकारी दिन शुक्रबार एउटा अन्तरकृया आयोजना गरेको थियो ।

 

यसमा दमकका उद्योगी व्यवसायी, राजनैतिक दलका प्रतिनिधी, दमक नगरपालिकाका जनप्रतिनिधीहरुको सहभागीता रहेको थियो । यस क्रममा बिभिन्न व्यक्तिहरुले यसको उपयोगीता कसरी गर्न सकिन्छ भन्नेबारेमा आ आफ्नो राय राखेका थिए ।

 

यस क्रममा बोल्दै व्यवसयाीहरुले यसलाई दमकको पहिचान र गौरवको योजनाको रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रुवल अधिकारीले यो सञ्चालन गर्न कुनै एक व्यक्ति तथा व्यवसायीक प्रतिस्ठानलाई ठेक्का दिन नहुने , यहाँ व्यवसाय गर्न चाहने हरेक व्यक्ति तथा व्यवसायीलाई दमक नगरपालिकालेनै सम्झौता गरेर दिनुपर्नेमा जोड दिनु भयो ।

 

उहाँले यस ठाउँमा पहिला व्यवसाय गरीरहेका व्यवसायीहरु अहिले अर्कै ठाउँमा व्यवस्थित भइसकेकोले पुराना व्यवसायीलाई प्राथमिकता भन्दा पनि आवश्यकताका आधारमा व्यवसाय गर्न चाहनेलाई भाडामा दिन सुझाव दिनु भयो ।

 

यस्तै पत्रकार तथा उद्यमी विष्णु पोखरेलले यो ‘सपिङ कम्प्लेक्स’लाई दमकको पहिचान हुने उत्पादनको बिक्रि केन्द्रको रुपमा स्थापीत गर्नमा जोड दिनुभयो । दमक नगरपालिकाले यसबाट अधिकतम नाफा खोज्ने भन्दा पनि दमकको कोशेली घरको रुपमा विकास गर्दै स्थानीय उत्पादनको बिक्रि गर्ने थलोको रुपमा विकास गर्न उहाँको सुझाव रहेको छ ।

 

सो राजनैतिक दलको तर्फबाट नेपाली काग्रेसका झापा उप सभापति शेर बहादुर भट्टराईले बजारको बिचमा बनेको यो ‘सपिङ कम्प्लेक्स’ नचल्ने भन्दा पनि यसलाई अन्य भन्दा फरक तरिकाले कसरी चलाउने भन्ने कुरा चाहि महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले यसलाई आधुनीक शैलीमा सञ्चालन गर्दै गर्दा यो ‘सपिङ कम्प्लेक्स’मा आउने हरेक ग्राहक तथा नागरीकले यो ‘सपिङ कम्प्लेक्स’का बारेमा जानकारी पाउन सहज होस भन्न दमक नगरपालिकाले यसकालागी मात्रै बेग्लै शाखा वा समिती बनाएर चुस्त र पारदर्शी ढंगबाट सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

 

सो अवसरमा तत्कालीन दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले पहिलाको डिजाईन भन्दा केहि फरक तरिकाले निर्माण भइरहेको भन्दै केहि प्रश्नहरुपनि उठाउनु भयो । यो ‘सपिङ कम्प्लेक्स’मा आउने हरेक व्यक्तिले आफ्ना छोराछोरीपनि लिएर आउने सक्ने र उनीहरुलाई खेल्नकालागी एउटा बेग्लै आकर्षक खालको बाल उद्धनको समेत बनाउने भनेर त्यसबेला छलफल भएको स्मरण गराउँदै यसलाई अटाउनु पर्नेमा जोड दिनु भयो ।

 

दमक नगरपालिकाले यो ‘सपिङ कम्प्लेक्स’लाई कसरी चलाउने भन्ने राय लिन र यही रायका आधारमा यसको अधिकतम लगानी कर्ता नगर विकास कोषसग बसेर कार्यविधि बनाएर चलाउने दमक नगर प्रमुख राम कुमार थापाले बताउनु भयो । उहाँले सबैको राय समेटेर यसको सञ्चालनको कार्यविधि समेत बनाइदिन नगर विकास कोषलाई आग्रह पनि गर्नुभयो ।

 

यस खालको ‘सपिङ कम्प्लेक्स’ नगर विकास कोशषले स्थानीय तहको साझेदारीमा पचासौ ठाउँमा निर्माण गरेको छ । तर स्थानीयको माग र आवश्यकतालाई मद्यानजर नगर्दा कतिपय ती ‘सपिङ कम्प्लेक्स’ले उद्धेस्य पुरा नगरेको नगर विकास कोषका उप प्रबन्धक राजेश कुमार भोछिभोयाले बताउनु भयो । त्यसैले दमकको यो ‘सपिङ कम्प्लेक्स’लाई कसरी स्थानीयको आवश्यकता पुरा हुन्छ भन्ने गरी सञ्चालन अघीनै अन्तरकृया गरीएको बताउनु भयो । स्थानीयको सुझावका आधारमा यसलाई सञ्चालनको माडालिटि तयार पारी दमक नगरपालिकालाई हस्तान्तरण गर्ने उहाँले बताउनु भयो ।

 

४३ करोड, २४ लाख १६ हजार ६ सय ४४ रुपैँयमा ठेक्का लागेर बनीरहेको यो ‘सपिङ कम्प्लेक्स’ आगामी पुष मसान्त सम्ममा सक्ने सम्झौता छ । दमक नगरपालिकाले यसको सञ्चालन कसरी गर्ने भन्नेबारेमा आगामी आर्थीक वर्षको नगरसभामा पेष हुने आर्थीक ऐनमै व्यवस्था गर्ने गरी तयारी गरेको छ । यसकालागी दमक नगरपालिकाले सरोकारवालासग अन्तरकृया गरेको हो ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ