संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको कर्णाली उत्सवमा वक्ताहरूको चिन्ता

सुर्खेत,२९ चैत । संघीयताको मर्मअनुरूप नेपालको संघीयता कार्यान्वयन नहुँदा प्रदेश सरकारहरू संघीय सरकारको इकाई जस्तै देखिएको सरोकारवालाले बताएका छन् । शनिबारदेखि सुरु भएको कर्णाली उत्सव ‘कुडा कर्नालीका…’ सातौँ संस्करणको ‘शक्तिको सोपान बाँडफाँडदेखि विकाससम्म’को सत्रका वक्ताहरूले राजनीतिक संघीयता कार्यान्वयन भए पनि आर्थिक संघीयता अझै हुन नसकेको बताएका छन् ।

 

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले दिल खोलेर संघीयता कार्यान्वयनमा कुनै पनि दलको नेतृत्व तयार नभएको बताउनु भयो। संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई इकाइको रुपमा प्रयोग गर्न खोजी रहेको उहाँको आरोप छ । ‘संघीयताको भावना बमोजिम कार्यान्वयन हुन सकिरहेको छैन’ उहाँले भन्नु भयो, ‘स्रोतको बाँडफाँड त झन गतिलो छँदै छैन ।’

 

कर्णालीका लागि संघीय सरकारको स्रोत बाँडफाँड न्यायोचित भएको भन्दै कर्णालीको विकासका लागि विशेष बजेट बढाउनु पर्ने उहाँको तर्क छ । विकासमा पछि परेका स्थानीय र प्रदेश सरकारको सबलीकरणका लागि संविधानमा विशेष अनुदानको व्यवस्था गरिएको भए पनि सो अनुरूप बजेट विनियोजन हुन नसकेको उहाँको भनाई छ । कर्णालीको विकासका लागि आवश्यक बजेट थप गर्दै बजेट खर्चको क्षमता पनि बढाउनु पर्नेमा उहाँले जोड दिनु भयो ।

 

अर्थ सचिव डा. घनश्याम उपाध्यायले मुलुक संघीयतामा गएको एक दशक बितिसक्दा पनि तीनै तहका सरकार आफ्नो अधिकार अनुसार चल्न नसकेको बताउनु भयो । नागरिकलाई केन्द्रमा राखेर छरितो संरचना प्रभावकारी सेवा र तीव्र विकासको आकांक्षालाई पुरा गर्न संघीयताको सिद्धान्तअनुसार सहकार्य, सहअस्तित्व र समन्वयका आधारमा तीनै तहका सरकारहरू अगाडि बढ्नुपर्नेमा उहाँको जोड छ । ‘स्रोत र संरचना तल्लो तहसम्म पुगेको छ’ उहाँले भन्नु भयो, ‘राजश्व बढाउन तिन तहकै सरकारले योजना बनाइ अघि बढ्नु पर्छ ।’

 

विकासका लागि स्रोत अभाव भन्दा पनि त्यसको परिचालन र सोचको अभाव भएको उहाँको भनाई छ । ‘केन्द्रले बनाउने नीतिका आधारमा प्रदेशले योजना बनाउने र स्थानीय सरकारले कार्यान्वयन गर्ने वातावरण बनाउन सके मात्र आदर्श संघीयता बलियो हुने हो’ उहाँले भन्नु भयो ।

 

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी पाण्डेले संघीय सरकारले स्थानीय तहहरूको सबलीकरणका लागि आवश्यक वित्तीय हस्तान्तरणका कार्य गर्न नसकेको बताउनु भयो । ‘हामी राजनीतिक संघीयतामा सफल भएका छौ’ उहाँले भन्नु भयो, ‘वित्तीय संघीयताको अभ्यास अझै हुन सकेको छैन ।’ संघीयताकै कारण विकट बस्तीहरु सडक सञ्जालमा जोडिएको, नागरिकले सहज सेवा प्रवाह भएको दाबी गर्नु भयो । नागरिकको सबै भन्दा नजिकको सरकार स्थानीय तह भएकाले स्थानीय तहलाई बलियो बनाउन सके मात्र संघीयता बलियो हुने उहाँको तर्क छ ।

 

कर्णालीको विकासका विभिन्न विषयमा छलफल गर्न शनिबारदेखि कर्णाली उत्सव सुरु भएको छ । भोलीसम्म चल्ने उक्त उत्सवमा विभिन्न विषयमा बहस भइरहेको छ । सात वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको कर्णाली उत्सवको यो सातौँ संस्करण हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ