चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले १० लाख कित्ता आइपीओ निष्कासन गर्ने

काठमाडौं,२९ चैत । चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको शनिबार सम्पन्न पहिलो वार्षिक साधारणसभाले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

 

हाल कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ । आइपीओ निष्कासनको निर्णयसँगै कम्पनीले सर्वसाधारणलाई आफ्नो लगानीको हिस्सा बनाउने प्रक्रिया अघि बढाएको छ ।

 

साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । यस्तै, सभाले आगामी कार्यकालका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । निर्वाचनबाट राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धिरेन्द्र श्रेष्ठ, शंकर महर्जन र बीरेन्द्र श्रेष्ठ सञ्चालक पदमा निर्विरोध चयन हुनु भएको छ। सभामा अध्यक्ष राजन श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन सर्वसम्मतिले पारित भएको थियो ।

एक होल्डिङ कम्पनीका रूपमा रहेको चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले विभिन्न सम्भावित क्षेत्रहरूमा आफ्नो लगानी विस्तार गरिरहेको छ । कम्पनीको लगानी रहेका संस्थाहरूमा इन्द्रेणी मस्रुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसान लगायत रहेका छन् । आइपीओ निष्कासन पश्चात संकलित पूँजीलाई थप उत्पादनशील क्षेत्रमा परिचालन गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता