आशा भोसलेको निधनले स्तब्ध नेपाली संगीत

काठमाडौं,२९ चैत । आशा गणपतराव भोसले भारतीय उपमहाद्वीपकी अत्यन्त चर्चित तथा बहुमुखी पाश्र्वगायिका हुनुन्छ । सन् १९३३ सेप्टेम्बर ८ मा जन्मिएकी भोसलेले हिन्दी फिल्म संगीतमा आफ्नो जादुई आवाजका माध्यमबाट दशकौँसम्म राज गर्नु भएको थियो। उहाँले आफ्नो जीवनकालमा करिब १५–१६ हजारभन्दा बढी गीत गाइसकनु भएको छ।

 

हिन्दी बाहेक उहाँले मराठी, बंगाली, गुजराती, पंजाबी, भोजपुरी, तमिल, मलयालम, अंग्रेजी हुँदै रूसीसम्म गरी १४ भन्दा बढी भाषामा गीत गाएर अपार लोकप्रियता हासिल गर्नु भएको छ । यसैक्रममा उहाँले नेपाली भाषाका गीतहरूमा पनि स्वर दिनु भएको थियो, जसले नेपाली स्रोतामाझ पनि उहाँलाई उत्तिकै प्रिय बनायो ।‘झरी बनी आएछ सावन’ जस्ता गीतमार्फत नेपाली संगीतप्रेमीहरूको मन जितेकी भोसलेले थुप्रै नेपाली गीतहरूमा स्वर दिनु भएको छ ।

 

यद्यपि, ९२ वर्षको उमेरमा समेत सक्रिय रहँदै उहाँले रन्जित गजमेरको संगीतमा ‘यो हाम्रो माया’ बोलको नेपाली गीत भने अन्तिम हुन पुग्यो । जसमा युवा गायक मोहन राईसँग उहाँको सहकार्य रह्यो । उहाँसँग सहकार्य गर्ने नेपाली कलाकारहरूको संख्या भने निकै सीमित रहेको देखिन्छ । लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय रहँदै आएकी भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । उपचारकै क्रममा आइतबार उहाँको निधन भएको हो, जसले संगीत जगतलाई ठूलो क्षति पुर्याएको छ ।

 

यद्यपि, जन्म र मृत्यु प्रकृतिको स्वाभाविक प्रक्रिया भए पनि आफ्नो कर्म, प्रतिभा, लगन र सिपले भूगोलका सीमाहरू भत्काएर करोडौँ मानिसको मनमा बस्न सफल कलाकारहरू कहिल्यै हराउँदैनन् । भोसले पनि आफ्नो कोकिल स्वरमार्फत सधैँ श्रोता–दर्शकको मनमा जीवित रहिरहनेछिन् । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक घमराज लुईंटेल सामाजिक संजालमा लेख्छन् ‘जन्म र मृत्यु स्वाभाविक चक्र हुन् । तर केही व्यक्तित्वहरू आफ्नो योगदानका कारण अमिट छाप छोडेर जान्छन् । आशा भोसले भौतिक रूपमा हामीबाट टाढा भए पनि उनको स्वरले सधैँ हामीसँगै रहनेछ ।’ उहाँले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । यसैगरी गायक शिव परियारले पनि सुप्रसिद्ध बलिउड गायिका आशा भोसलेको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ।

उहाँले भन्नु भएको छ, ‘श्रद्धेय आशा भोसलेज्यूको निधनको खबरले म अत्यन्त दुःखी भएको छु । ‘गैह्री खेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’, ‘दियो बाली साँझको’ जस्ता लोकप्रिय तथा कालजयी नेपाली गीतमा स्वर भरेर उहाँले नेपाली संगीत क्षेत्रमा समेत अमूल्य योगदान दिनुभएको छ । भौतिक रूपमा उहाँ हामीमाझ नरहे पनि उहाँका गीत–संगीतले हाम्रो अन्तरहृदयमा सदैव गुन्जिरहनेछ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’

गायिका देवीका बन्दनाले आशा भोसलेलाई ‘स्वर किन्नरी’का रुपमा स्मरण गर्दै श्रद्धान्जली व्यक्त गर्नु भएको छ । यसैबीच, भोसलेसँग अन्तिम नेपाली गीतमा साथ दिएका गायक मोहन राईले गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।

उहाँ सन् २०१९ मा कार्यक्रमका लागि पहिलो पटक नेपाल आँउनु भएको थियो । त्यस्तै, ०७६ को पुसमा राजधानीको सोल्टी होटलमा प्रश्तती दिनु भएको थियो। साधना कला केन्द्र पुलतीसडकले आयोजना गरेको ‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोसले’मा केही कालजायी गीतहरु सुनाउनु भएको थियो ।

उहाँले गाएका केही चर्चित नेपाली गीतहरूः
१. गैरी खेतको शिरै हान्यो
२. एउटा मान्छे मन पर्छ
३. यति धेरै माया दियौ
४. आज हाम्रो भेट भएको दिन
५. लै बरि मेरो मायालु
६. बसन्त नै बस्न खोज्छ यहाँ (माइतिघर)
७. किन बढ्दै छ ढुकढुकी
८. दियो बाली साँझको साउने झरिमा
९. मोहनी लाग्ला है
१०. पहाडको माथि माथि
११. म प्यार बेचि दिन्छु
१२. चन्चले मन भुल्यो
१३. तिम्रो मनमा लुकेको कुरा ।
१४. सिक्रेट नदेऊ म बिडी खानेलाई…
१५. माया त माया हो … ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको