स्वास्थ्यमन्त्री मेहता आकस्मिक अनुगमनमा

काठमाडौं,२९ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले आज वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक अनुगमन गर्नु भएको छ । अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था र सर्वसाधारणले भोग्नुपरेका सास्तीबारे जानकारी लिन मन्त्री कुनै पूर्व जानकारी विना नै अस्पताल पुग्नु भएको हो।

अनुगमनका क्रममा उनले अस्पतालको सरसफाई, बिरामीको चाप र लामा लाइन, औषधि अभाव तथा स्वास्थ्य बीमामा देखिएका जटिलताका विषयमा प्रत्यक्ष अवलोकन गर्नु भएको छ। अनुगमनका क्रममा नागरिकहरूले स्वास्थ्य बीमाको लाभ लिन भोग्नुपरेका झन्झट र सामान्य औषधोपचारमा पनि घण्टौँ कुर्नुपर्ने समस्याका बारेमा मन्त्रीले चासो व्यक्त गर्नु भएको छ ।

 

अस्पताल प्रशासन र सम्बन्धित पदाधिकारीहरूलाई तुरुन्त निर्देशन दिँदै मन्त्रीले अस्पतालको सरसफाइमा ध्यान दिन, बिरामीको पालो व्यवस्थापनलाई प्रविधिमैत्री र सहज बनाउन तथा औषधि आपूर्तिमा देखिएका अवरोध तत्काल हटाउन निर्देशन दिइनु भयो । ‘जनताले सरकारी अस्पतालमा सेवा पाउँदा झन्झट होइन, राहत महसुस गर्नुपर्छ,’ उहाँले भन्नु भयो।

उहाँले देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता समेत जनाँउनु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि